Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफ इन्स्योरेन्सको २४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं ।नेपालका अग्रणी जीवन बीमा कम्पनीमध्ये एक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रूपमा विविध कार्यक्रमहरू आयोजना गर्दै भव्य रूपमा सम्पन्न गरेको छ। यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम तथा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

देशका सातै प्रदेशका १० विभिन्न स्थानहरूमा सञ्चालन गरिएको रक्तदान कार्यक्रमबाट कूल ४१२ पिन्ट रगत संकलन भएको कम्पनीले जानकारी दिएको छ। इटहरी, वीरगञ्ज, काठमाडौं, पोखरा, कावासोती, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत र टीकापुरमा आयोजित कार्यक्रमहरूमा स्वेच्छिक रक्तदाता तथा कम्पनीका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। त्यस्तै, काठमाडौंमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर सर्वसाधारणलाई स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल लाइफको २४ वर्षे सफल यात्रा पूरा गरी २५औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा सबै सञ्चालक समिति सदस्य, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले कम्पनीप्रति सबैले देखाएको विश्वास, माया र सहकार्यका लागि आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि सोही सहयोग कायम रहने अपेक्षा व्यक्त गरे।

स्थापनाकालदेखि नै बीमा क्षेत्रको दिगो विकास र ग्राहक सेवा सुदृढीकरणमा क्रियाशील रहँदै आएको नेपाल लाइफले जीवन बीमा क्षेत्रमा आफ्ना सेवा, सञ्जाल र विश्वसनीयताको आधारमा आफूलाई एक अग्रणी र भरोसायोग्य कम्पनीको रूपमा स्थापित गर्न सफल भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit