Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बीवाईडीको ‘मेगा एक्सचेन्ज क्याम्पेन’ सुरु, पुराना गाडी साटेर नयाँ ईभी लिने सुनौलो अवसर

बीवाईडीको ‘मेगा एक्सचेन्ज क्याम्पेन’ सुरु, पुराना गाडी साटेर नयाँ ईभी लिने सुनौलो अवसर
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी ‘बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन’को घोषणा गरेको छ। आजदेखि सुरु भएको चार दिने उक्त अभियान ( वैशाख २४ देखि २७ )गतेसम्म सञ्चालन हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

यस विशेष एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले जुनसुकै ब्रान्ड वा मोडलको पुरानो गाडी साटेर बीवाईडी एट्टो ३, डल्फिन वा एम–६ मोडेल लिने अवसर पाउनेछन्। कम्पनीका अनुसार, ग्राहकलाई उद्योगमै उत्कृष्ट मूल्यांकन, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको विस्तारित वारेन्टी, ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा र नगद छुट प्रदान गरिनेछ।

साथै, उक्त अवधिमा बीवाईडी गाडी बुक गर्ने ग्राहकले लक्की ड्रमा सहभागी हुने मौका पाउनेछन्, जहाँ तीन विजेताले आफैंले खरिद गरेको गाडीमा १२ महिनासम्मको किस्ता निःशुल्क पाउने छन्।

एक्सचेन्ज क्याम्पेन देशभरका बीवाईडी सोरुम र विशेष स्थलहरूमा आयोजना हुनेछ, जसमा चितवन, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, धनगढी, बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, लहान, वीरगन्ज, पोखरा, ललितपुर, पेप्सीकोला, कोटेश्वर, सोल्टीमोड, सातदोबाटो र नक्साल समावेश छन्।

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठका अनुसार, “नयाँ आर्थिक वर्षको संघारमा रहेको र ईभीमा कर परिवर्तनको चर्चा चलिरहेको बेला दिगो मोबिलिटीमा स्विच हुने यो उपयुक्त समय हो। मेगा एक्सचेन्ज अफरले ग्राहकलाई विशेष मूल्य, वित्तीय लचकता र लाभका साथ सहज निर्णय लिन सहयोग पुर्‍याउनेछ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit