Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गोलभेँडादेखि स्याउसम्म, कालीमाटीमा आजका लागि कति पर्छ थोक मूल्य ?

गोलभेँडादेखि स्याउसम्म, कालीमाटीमा आजका लागि कति पर्छ थोक मूल्य ?
विज्ञापन
Advertisement

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। विभिन्न स्थान र स्रोतअनुसार आयातित र स्थानीय उत्पादनका मूल्यहरू फरक(फरक निर्धारण गरिएको समितिले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

तरकारीतर्फ, ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ, सानो लोकल गोलभेँडा ६०, सानो भारतीय गोलभेँडा ३५, र तराईको सानो गोलभेँडा ४५ रुपैयाँ रहेको छ। रातो आलु ३६, भारतीय सुख्खा प्याज ३८, स्थानीय गाजर ६० र तराई गाजर ३० रुपैयाँमा थोक मूल्य निर्धारण गरिएको छ।

काउली ७०, स्थानीय बन्दा १५, रातो मूला ४०, सेतो मूला ९लोकल० २०, हाइब्रिड मूला ३०, भन्टा ३५–४०, तने बोडी ८०, मटरकोसा १०० र घिउ सिमी ६० रुपैयाँमा बिक्री भइरहेको छ। भटमास कोसा प्रतिकिलो १५०, तितो करेला २०, लौका २५, परबर ५०–६०, चिचिण्डो ४०, फर्सी २५–५०, भिण्डी ४५ र झिगुनी ८० रुपैयाँ रहेको छ।

सागपातमा रायो साग ६०, पालुङ्गो ८०, चमसुर ८०, तोरीको साग ३५, मेथीको साग ८०, र बकुला ५० रुपैयाँ प्रतिकिलो रहेको छ। कन्य च्याउ १८० र डल्ले च्याउ ३५० मा पुगेको छ भने तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ, झोले स्याउ २५०, फूजी स्याउ ३४०, केरा ९दर्जन० १६०, कागती २८०, अनार ३५०, हरियो अङ्गुर २०० र कालो अङ्गुर २५० रुपैयाँमा बिक्री हुँदैछ। तरबुजा ५०, मौसम २००, जुनार २००, भुइँकटहर २०० र कागती २८० रुपैयाँमा छ।

यसैगरी, अदुवा १२०, हरियो खुर्सानी ५०–७०, अकबरे खुर्सानी ४००, भेडे खुर्सानी ७५, हरियो लसुन १०० र चाइनिज तथा नेपाली सुकेको लसुन ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

ताजा माछा पनि थोक मूल्यमा निर्धारण गरिएको छ। रहु माछा ३२०, बचुवा २६०, छडी माछा २४०, र राजा च्याउ ३०० रुपैयाँमा उपलब्ध रहेको समितिको भनाइ छ। सिताके च्याउको मूल्य प्रतिकिलो ८०० रुपैयाँ पुगेको छ।

बजार समितिले उपभोक्ता तथा व्यापारीहरूलाई निर्धारण गरिएको अधिकतम थोक मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit