Advertisement
Advertisement
Corporate Samachar
१ श्रावण २०८३, शुक्रबार
Advertisement

आजदेखि शेयर र घरजग्गा कारोबारमा बढ्यो पुँजीगत लाभकर

आजदेखि शेयर र घरजग्गा कारोबारमा बढ्यो पुँजीगत लाभकर
विज्ञापन
Advertisement

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै आजदेखि शेयर कारोबारमा ७.५ र १० प्रतिशत पुँजीगत लाभकर लागू भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आर्थिक विधेयक २०८३ अनुसार एक वर्षभन्दा बढी समय स्वामित्वमा राखिएको शेयर बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा १० प्रतिशत लाभकर लाग्नेछ।

यसअघि यस्तो करदर क्रमशः ५ प्रतिशत र ७.५ प्रतिशत रहेको थियो। त्यस्तै, घरजग्गा कारोबारमा पनि पाँच वर्षभन्दा बढी स्वामित्वमा रहेको सम्पत्तिमा ७.५ प्रतिशत र पाँच वर्षभन्दा कम अवधिको सम्पत्तिमा १० प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था आजैबाट कार्यान्वयनमा आएको छ।

नयाँ व्यवस्थासँगै घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकरको दायरा र दर दुवै बढेको छ। यद्यपि, विकास निर्माण आयोजना सञ्चालनका लागि सरकारी प्रयोजनमा जग्गा प्राप्ति गर्दा सरकारी मूल्यांकनसम्मको रकममा भने पुँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit