काठमाडौं । चालु आर्थिक वर्षको असार मसान्तसम्म देशभर कुल ७२ दशमलव १४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार बिहीबार (असार ३२ गते) सम्म देशभर धान रोपाइँ हुने कुल १३ लाख ६६ हजार ५६२ हेक्टर क्षेत्रफलमध्ये ९ लाख ८५ हजार ९८ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको हो।
असार मसान्तसम्म देशभर औसत ६१ दशमलव ६२ प्रतिशत रोपाइँ भएको थियो भने साउन ४ गतेसम्म आइपुग्दा यो बढेर ७२ दशमलव १४ प्रतिशत पुगेको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९६ दशमलव ९९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यसपछि लुम्बिनी र कर्णालीमा समान ८७.९३ प्रतिशत रोपाइँ सकिएको छ।
यसैगरी, बागमती प्रदेशमा ८७.१९ प्रतिशत, कोशी प्रदेशमा ६१ दशमलव ७९ प्रतिशत र सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा ६४ दशमलव ८३ प्रतिशत भएको छ।
मनसुन सक्रिय भएसँगै अधिकांश जिल्लामा रोपाइँले गति लिएको र आगामी केही दिनभित्र रोपाइँ प्रतिशत अझ बढ्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्