काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी, फलफूल, मसला र माछालगायतका कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले स्थानीय, तराई र भारतीय उत्पादनसहित विभिन्न किसिमका कृषिउपजको आजको मूल्य निर्धारण गरेको हो।
गोलभेँडाको मूल्यमा विविधता देखिएको छ। ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ७० रुपैयाँमा तोकिएको छ भने सानो लोकल गोलभेँडा ५५ रुपैयाँ, टनेलको ६० रुपैयाँ, सानो भारतीय ४५ रुपैयाँ र सानो तराई गोलभेँडा ६० रुपैयाँ रहेको छ। आलु रातो ९स्थानिय तथा भारतीय दुवै० र प्याज सुकेको ९भारतीय० को मूल्य समान रूपमा ३८ रुपैयाँ तोकिएको छ। गाजरमा भने स्थानीय उत्पादनको मूल्य ६० रुपैयाँ र तराईबाट आएको गाजरको मूल्य ३० रुपैयाँ निर्धारण गरिएको छ। बन्दा १५ रुपैयाँ, काउली ५० रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो लोकल मूला २० रुपैयाँ, हाइब्रिड मूला ३० रुपैयाँमा तोकिएको छ। भन्टाको मूल्य किसिमअनुसार ३५ देखि ५० रुपैयाँ रहेको छ भने बोडी ६० र मकै बोडी ८० रुपैयाँमा कारोबार हुने गरी निर्धारण गरिएको छ।
अन्य तरकारीमा मटरकोसा १०० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ, राजमा र भटमास १०० रुपैयाँ, तितो करेला ३० रुपैयाँ, लौका २० रुपैयाँ, परबर ९लोकल तथा तराई० ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौंला ३५ रुपैयाँ, झिगुनी ८० रुपैयाँ, फर्सी ९पाको० ५०, हरियो लाम्चो ६०, हरियो डल्लो २५ रुपैयाँ तथा भिण्डी ३५ रुपैयाँमा तोकिएको छ।
सागसब्जीमा रायो, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य समान रूपमा ८० रुपैयाँ तोकिएको छ भने तोरीको साग ३५ रुपैयाँमा कारोबार हुनेगरी मूल्य तय गरिएको छ। च्याउ कन्य १८० रुपैयाँ, डल्ले ३५० रुपैयाँमा छ भने ब्रोकाउलीको मूल्य ९०, चुकुन्दर ७०, सजीवन ८०, रातो बन्दा ६०, ग्याठकोभी ६०, सेलरी २१०, पार्सले ३५०, सौफको साग ९०, पुदिना ३००, गान्टे मूला ४०, इमली १९०, तामा १००, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ निर्धारण गरिएको छ।
फलफूलमा स्याउ झोलेको मूल्य २५० रुपैयाँ, फूजी जातको स्याउ ३४० रुपैयाँ, केरा (दर्जन) १६०, कागती २७०, अनार ३५०, हरियो अङ्गुर २००, कालो अङ्गुर ३५०, भारतीय सुन्तला १४०, तरबुजा ५०, मौसम र जुनार २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो लोकल ५० र हाइब्रिड ३० रुपैयाँमा तोकिएको छ। त्यस्तै, कटहर ८०, नासपाती ९चाइनिज० २६०, नेपाली मेवा ५०, भारतीय मेवा १२०, अम्बा १२०, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी ४६० र आभोकाडो ५८० रुपैयाँमा कारोबार हुनेगरी थोक मूल्य निर्धारण गरिएको छ।
मसला तथा अन्य वस्तुमा अदुवा १२०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ८०, बुलेट जातको ९८, माछे खुर्सानी ५०, अकबरे खुर्सानी ४००, भेडे खुर्सानी ८०, हरियो लसुन १२०, सुकेको चाइनिज लसुन ३००, नेपाली लसुन २००, छायापी हरियो १५०, सुकेको छायापी २००, हरियो धनिया ८० रुपैयाँमा तोकिएको छ।
माछामा ताजा रहु जातको माछा ३२० रुपैयाँ, बचुवा २६०, छडी जातको २४०, राजा च्याउ ३०० र सिताके च्याउको थोक मूल्य ८०० रुपैयाँ निर्धारण गरिएको छ।
कालीमाटी बजार विकास समितिले निर्धारण गरेको यो मूल्य थोक व्यापारी र खुद्रा विक्रेताहरूका लागि मार्गनिर्देशक हुने मानिन्छ। उपभोक्ताले भने यसमा थप मूल्य थपिएर खुद्रा बजारमा खरिद गर्ने अवस्था रहन्छ। समितिले बजारमा पारदर्शिता र उपभोक्ता हित कायम राख्न दैनिक रूपमा मूल्य अद्यावधिक गर्दै आएको छ।
















प्रतिक्रिया दिनुहोस्