Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘अब हरेक तहका नेतृत्व सुधारिनुपर्छ’

‘अब हरेक तहका नेतृत्व सुधारिनुपर्छ’
विज्ञापन
Advertisement

डुम्रे (तनहुँ) । नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बेथितिको अन्त्यका लागि अनावश्यक बजेट बाड्ने पद्धती हटाउनुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली कांग्रेस तनहुँद्वारा आज वीपी स्मृति भवन दमौलीमा आयोजित समसामयिक विषयमा अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले तल्लो तहदेखि माथि सम्म जिम्मेवारीमा रहेका नेतृत्व तह सुधारिन आवश्यक रहेको बताए । प्रवक्ता महतले भने “अब हरेक तहका नेतृत्वले जिम्मेवारी पुरा गर्नुपर्छ । सुधारिनुपर्छ भनेर आत्मसात गरी कर्तव्यबोध हुनुपर्छ । माथिल्लो तहदेखि तल्लो तहसम्मका नेतृत्व सुधारिन आवश्यक रहेको छ । ”

केन्द्र सरकारले तीन करोड रुपैयाँभन्दा कम बजेटको योजना स्वीकृत नगर्ने र प्रदेश सरकारले एक करोडभन्दा कम योजनाको काम नगर्ने प्रावधान बनाउन सकेमा मात्रै नेतृत्वले कर्तव्यबोध गर्ने धारणा उनको छ । “नेतृत्वप्रतिको अविश्वास र आक्रोस न्यूनीकरण गर्नुपर्छ र नेतृत्व पनि कर्तव्यबोध हुनसक्नुपर्छ,” महतले भने ।

यस्तै उनले नेता कार्यकर्तामा लोकप्रियताका लागि सामाजिक सञ्जालको प्रयोग हुँदै आएको टिप्पणी गर्दै उनले नेतृत्व वर्ग लोकप्रियताको पछि लाग्नु नहुने धारणा राखे । “सबै पार्टीका नेतृत्व लोकप्रियताको पछि लाग्नु हुँदैन । भविष्यलाई मजबुत बनाउने गरी नेतृत्वले कर्तव्यबोध भएर काम गर्न सचेत हुनुपर्छ ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit