Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वर्ल्डलिंकले 6G वाईफाई सार्वजनिक: नेपालको इन्टरनेट कनेक्टिभिटीको नयाँ युग सुरु

वर्ल्डलिंकले 6G वाईफाई सार्वजनिक: नेपालको इन्टरनेट कनेक्टिभिटीको नयाँ युग सुरु
विज्ञापन
Advertisement

काठमाडौं। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले राजधानीमा विशेष समारोहका बीच अत्याधुनिक वाईफाई ६ प्रविधि “वर्ल्डलिंक 6G” को भव्य शुभारम्भ गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

होटल म्यारियट, नक्सालमा आयोजित उक्त कार्यक्रमले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट अनुभवलाई नयाँ परिभाषा दिने संकेत गरेको छ।

वर्ल्डलिंक 6G लाई भविष्यको इन्टरनेटको रूपमा प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार, यो प्रविधिले वाईफाई ५ भन्दा ४० प्रतिशत बढी कवरेज र चार गुणा उच्च थ्रुपुट प्रदान गर्छ। यसले प्रयोगकर्तालाई अझ सहज, भरपर्दो र स्थिर कनेक्टिभिटी उपलब्ध गराउनेछ, चाहे घर, अफिस वा बहु(उपकरण प्रयोगको वातावरण किन नहोस्।

शुभारम्भ समारोहमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक  दिलीप अग्रवालले वर्ल्डलिंक 6G को औपचारिक लन्च गर्दै कम्पनीको नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता दोहोर्‍याए। “वाईफाई ६ नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो,” उनले सम्बोधनमा बताए।

कार्यक्रममा नोकियाका प्रतिनिधि विशालले वाईफाई ६ प्रविधिको अन्तर्राष्ट्रिय परिदृश्य, यसको भविष्यमा पार्ने प्रभाव, र वर्ल्डलिंक–नोकिया साझेदारीले नेपालमा विश्वस्तरको इन्टरनेट समाधान ल्याउने लक्ष्यबारे प्राविधिक दृष्टिकोण साझा गरे।

उक्त समारोहमा कर्पोरेट क्षेत्र, मिडिया, प्रविधि र खेलकुद जगतका १५० भन्दा बढी विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो, जसले नेपालको डिजिटल रूपान्तरण यात्राप्रतिको उत्साहलाई झल्कायो।

कार्यक्रमको सन्ध्या सत्रमा वर्ल्डलिंकले नेपाल प्रिमियर लिग npl का लागि टाइटल पार्टनरको रूपमा समर्थन गरेको टोली काठमाडौँ गोरखाज लाई विशेष सम्मान प्रदान गर्‍यो। टोलीका हेड कोच मोंटी देसाई, तथा प्रतिनिधि अनुभव स्वाँर सिरोहिया र सुरज सिंह ठाकुरीले वर्ल्डलिंकका ceo केशव नेपालबाट स्मृतिचिन्ह ग्रहण गर्दै आगामी सिजनका लागि शुभकामना पाए।

सो अवसरमा नेपालले कम्पनीको प्रविधि नेतृत्वसँगै खेलकुद र समुदायप्रतिको सक्रिय सहभागितामा वर्ल्डलिंकको निरन्तर प्रतिबद्धता व्यक्त गरे।

वर्ल्डलिंक 6G को सार्वजनिकतासँगै कम्पनीले नेपाललाई स्मार्ट, द्रुत र अझ बढी जडित समाज बनाउने यात्रामा अर्को ठोस कदम अघि बढाएको छ।

१९९५ मा स्थापित वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो। कम्पनीले देशभर भरपर्दो ब्रडब्यान्ड, डाटा कनेक्टिभिटी, र इन्टरप्राइज सोलुसनहरू प्रदान गर्दै आएको छ। दुई दशकभन्दा बढी समयदेखि नवप्रवर्तन र उत्कृष्टतामा समर्पित वर्ल्डलिंकले विश्वस्तरीय डिजिटल अनुभवमार्फत नेपाललाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit