Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

नाडा प्रतिनिधिले भेटे गभर्नर पौडेललाई, अटोमोवाइल्स क्षेत्र सुधारका लागि बुझाए पाँच बुँदे सुझाव

नाडा प्रतिनिधिले भेटे गभर्नर पौडेललाई, अटोमोवाइल्स क्षेत्र सुधारका लागि बुझाए पाँच बुँदे सुझाव
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रतिनिधिले राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेको छ । शुक्रबार भएको भेटमा अध्यक्ष करण चौधरीले पौडेलसँग नेपालको मौद्रीक नीतिसँग सम्बन्धित अटोमोवाइल क्षेत्रको सुधारका लागि विभिन्न पाँच बुँदे सुझाव दिएको महासचिव सुरेन्द्रकुमार उपे्रतिले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

उप्रेतिका अनुसार भेटमा अटोमोवाइल्स क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल भएको छ । उक्त छलफलका क्रममा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयन गर्न सकिने पाँच वटा सुझावहरु पौडेललाई बुझाएका छन् । छलफलमा विशेषगरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यवहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताको विषयमा गम्भीर छलफल भएको छ ।

यी हुन् नाडाद्वारा प्रस्तुत पाँच बुँदे सुझावहरू : 

१. अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यवहारिक कार्यान्वयनको माग
यद्यपि राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय लिएको एक वर्ष भइसकेको छ, तर व्यावहारिक रूपमा बैंकहरूबाट कर्जा प्रवाह रोकिएको छ । यसले सम्पूर्ण उद्योगलाई प्रभावित गरिरहेको भन्दै नाडाले तत्काल कार्यान्वयनका लागि स्पष्टता र सुनिश्चित गर्न माग गर्दछ ।

२.लोन –भ्याल्यु (एलटिभी) को अनुपात न्यूनतम ७० प्रतिशत बनाइयोस्

हालको ५० प्रतिशत एलटिभी सीमाले ग्राहक तथा व्यवसाय दुवैलाई अवरोध सिर्जना गरेकोले सम्पूर्ण अटोमोबाइल्स सेग्मेन्टका लागि एलटिभीलाई बढाएर यथार्थपरक स्तरमा ल्याउन आग्रह गर्दछौं ।

३. ऋण सेवा र कुल आय अनुपातमा लचकता ल्याइयोस्

हालको सख्त डिएसआर नीतिले मध्यम वर्र्गीय तथा तलवदरमा आधारित ग्राहकलाई ऋण पाउन कठिनाई भएको छ । यसमा व्यवहारिक लचकता ल्याउनुपर्नेमा नाडाजोड दिन्छ ।

४. ईभी तथा हाइब्रिड सवारीका लागि लक्षित कर्जा योजना ल्याइयोस्
देशको दिगो ऊर्जा र वातावरणीय लक्ष्यलाई साथ दिन विद्युतीय तथा हाइब्रिड सवारी साधनका लागि विशेष कर्जा सुविधा, पुनःवित्तीयन र प्रोत्साहन कार्यक्रमहरू आवश्यक रहेको सिफारिस गरियो।

५. वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमन कडाइ गरियोस् 
ग्राहकलाई निश्चित डिलर सम्बद्ध बैंकबाट मात्र ऋण लिन दबाब दिने वा प्रतिस्पर्धी संस्थामाथि अवरोध सिर्जना हुने व्यवहार रोक्न राष्ट्र बैंकले कडा नियमन गर्नुपर्ने माग गर्दछौं ।

गभर्नर पौडेलले नाडाको सुझावहरुलाई गम्भीरताका साथ लिइने बताउँदै आवश्यक विषयहरुमा छलफल गरी समन्वय समेत गरिने आश्वासन दिए । उक्त छलफलको क्रममा अध्यक्ष चौधरीले अटोमोबाइल्स उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित रहेको भन्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन हुनुपर्नेमा जोड दिए । यस्तै, छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दिर्घकालिन आर्थिक नीति तय गर्ने विषयमा नेपाल राष्ट्र बैंकको सहयोगमा नाडाले अन्तरक्रिया कार्यक्रम गर्ने प्रस्ताव राखे ।

छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय यमुना श्रेष्ठ तथा दिपेन्दकुमार मिश्र समेतको उपस्थिति रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit