Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कजारियाको नयाँ शोरूम जीतपुरमा विस्तार

कजारियाको नयाँ शोरूम जीतपुरमा विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । भारतको प्रसिद्ध टायल कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै बाराको जीतपुरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

हिमाल ट्रेडिङ्ग द्वारा सञ्चालित उक्त शोरूमले उच्च गुणस्तरका टायलहरूको  बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। शोरुमको उद्घाटन मधेश प्रदेशका पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठले रिबन काटेर गरेका थिए ।

उद्घाटनपछि पूर्व मन्त्री श्रेष्ठले जीतपुरमा कजारियाको नयाँ शोरूम विस्तार व्यापारिक हिसाबले महत्वपूर्ण हुने धारणा राखे । उनले भने, “जीतपुरमा कजारियाको यस नयाँ शोरूमको उद्घाटन क्षेत्रीय विकासतर्फको एक महत्वपूर्ण कदम हो। यस रणनीतिक विस्तारले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै हाम्रा आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै शहरमा सहज रूपमा उपलब्ध गराउनेछ।”

बारा जिल्लाको महत्वपूर्ण क्षेत्र जीतपुरमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको विस्तारसँगै, कजारियाले उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै अघि बढ्ने जनाएको छ ।

प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो नयाँ शोरुम विस्तार हुनु कजारियाको लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख छ

नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूद्वारा कजारियाले सेवा दिँदै आएको छ । कजारियाले ३०–३० से.मी., ३०–६० से.मी.
३०–४५ से.मी., ६०–६० से.मी., ६०–१२० से.मी. र १९–५.१२० से.मी. गरी चार साइजका वाल र फ्लोर टाइल्सको विकल्प सहित बिक्री वितरण गर्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit