Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बैंक तथा वित्तीय संस्थाहरूलाई दैनिक न्यूनतम ९० प्रतिशत नगद मौज्दात अनिवार्य

बैंक तथा वित्तीय संस्थाहरूलाई दैनिक न्यूनतम ९० प्रतिशत नगद मौज्दात अनिवार्य
विज्ञापन
Advertisement

काठमाडौं –नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई दैनिक न्यूनतम ९० प्रतिशत नगद मौज्दात कायम गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ। आइतबार सार्वजनिक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो नीतिगत निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र खुला बजार कारोबार उपकरणमा सुधार गरिएको अवस्था मूल्यांकन गर्दै नयाँ मौज्दात व्यवस्था गर्न लागिएको जनाएको छ। केन्द्रीय बैंकको भनाइमा, ‘वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो सुधारलाई ध्यानमा राखी बैंक तथा वित्तीय संस्थाहरूले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम गर्नुपर्ने व्यवस्था गरिनेछ।’

मौद्रिक नीतिले हालको ५ प्रतिशतको नीतिगत दर, ३ प्रतिशतको निक्षेप संकलन दर र ६.५ प्रतिशतको बैंक दरलाई यथावत् राखिएको उल्लेख गरिएको छ। राष्ट्र बैंकले मुलुकको आर्थिक अवस्था सुधारउन्मुख रहेको ठहर गर्दै मौद्रिक नीतिमा कुनै दर परिवर्तन नगरेको हो।
१२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याइएको छ। बैंकिङ कसुरसम्बन्धी विधेयकअन्तर्गत चेक अनादरसम्बन्धी मुद्दामा लागू हुने कार्यान्वयन नीतिहरू पनि तय गरिएको राष्ट्र बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit