Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल चेम्बर अफ कमर्सले यो वर्ष हिरक जयन्ती मनाउने, सार्वजनिक भयो लोगो

नेपाल चेम्बर अफ कमर्सले यो वर्ष हिरक जयन्ती मनाउने, सार्वजनिक भयो लोगो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५ औं वर्ष पुगेको अवसरमा हिरक जयन्तीको लोगो सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज काठमाडौंस्थित चेम्बरको मुख्य कार्यालयमा एक समारोहका बीच हिरक जयन्तीको लोगो सार्वजनिक गरिएको हो । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र सल्लाहकार परिषद्का अध्यक्ष एवं हिरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा उक्त लोगो सार्वजनिक गरेका छन्।

लोगो सार्वजनिक सँगै संयोजक श्रेष्ठले हिरक जयन्तीको अवसरमा चेम्बरले शिक्षा, स्वास्थ्य, खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने जानकारी दिए । उनका अनुसार वाकथन, सगरमाथामा लोगो लैजाने र विभिन्न मेलाहरू आयोजना गरिने छ ।

चेम्बरअन्तर्गतका २२ वटा समितिले नै विभिन्न कार्यक्रम आयोजना गरेर हिरक जयन्ती मनाउने बताइएको छ । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले संस्थाले देशको अर्थतन्त्रको विकासमा ठूलो योगदान दिँदै आएको बताए । अध्यक्ष अग्रवालले संस्था स्थापना भएको ७५ वर्षमा निजी क्षेत्रको क्षमता वृद्धिका साथै लगानीमैत्री वातावरणको निर्माणमा सरकार र निजी क्षेत्रबीच सेतुको रुपमा कार्य गरेको प्रस्ट पारे ।

संस्था स्थापनाको ७५ औं ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले वार्षिक रुपमा विभिन्न कार्यक्रममार्फत यो वर्ष हिरक जयन्ती मनाउँन लागेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit