Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

२३ दिनमा डोल्पादेखि अपर मुस्ताङसम्म ८ उच्च हिमाली भूभागमा पुग्ने पहिलो पिकअप बन्यो टुनल्याण्ड G7

२३ दिनमा डोल्पादेखि अपर मुस्ताङसम्म ८ उच्च हिमाली भूभागमा पुग्ने पहिलो पिकअप बन्यो टुनल्याण्ड G7
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड G7 ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ। 

विज्ञापन
Advertisement
Advertisement

टुनल्याण्ड G7 ले नेपालका सबै भन्दा कठिन भूभागहरू सफलतापूर्वक पार गरेको हो । जसमा दार्चुलाको हिकिला (१,९६७ मिटर), पर्वतको फलामे (२,३२५ मिटर), इलामको सन्दकपुर (३,६३६ मिटर), कर्णालीको जुम्ला (२,५१४ मिटर), मनाङको खाङसार (३,७५६ मिटर), ढोरपाटन (३,९०० मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६० मिटर) र संखुवासभाको गुफापोखरी (२,८९० मिटर) लगायतका उच्च र दुर्गममा अवस्थित यी आठ उच्च भूभागसम्म पुग्ने मार्ग कतै ठाडो उकालो, कतै भीर र कच्ची सडक मार्ग पिकअपले सहज रुपमा पार गर्दै यात्रा सम्पन्न गरेको थियो । टुनल्याण्ड G7 ले ती सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट गर्‍यो र तिनीहरूको पूर्णक्षमता अनुभव गर्ने अहिलेसम्म कै उत्कृष्ट ४x४ अफ-रोडपिक अप बन्न सफल भएको हो ।

यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो। R18 टायरले हिलो र ढुङ्गामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गर्‍यो। २२५ मिमी ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्काहरूमा नअड्किएरै पिकअप सजिलै अघि बढ्यो। उकालो चढ्दा वा ओरालो झर्दा ‘हिल होल्ड’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ले अत्यन्त सहज अनुभव दिएको थियो।

बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड G7 भित्रचाहिँ विलासी र आरामदायी छ। यसमा प्यानोरामिक सनरुफ, तातो/चिसो हुने १२-तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रीक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ। यी सबै कुराहरुले संयोजनले चालकहरूको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको थियो।

२३ दिने यो यात्रा टुनल्याण्ड G7 को एक वर्षे परीक्षणको हिस्सा थियो जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित गर्‍यो। नेपाली ग्राहकहरूसँग विश्वास कायम गर्न वास्तविक परिस्थितिमा गरिएको परीक्षणको नतिजा देखाइएको हो। टुनल्याण्ड G7 ले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी नै उपलब्धि हासिल गर्‍यो। यो यात्राले टुनल्याण्ड G7 केवल शहर वा सहज सडकका लागि मात्र होइन, जङ्गल, दुर्गम स्थान र उच्च पहाडी सडकहरूका लागि बनेको पिकअप हो भन्ने देखायो। यो केवल पिकअप होइन, यो त शक्ति, आराम र प्रदर्शन खोज्नेहरूका लागि बनाइएकोपावर मेशिनहो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit