काठमाडौं । नेपालका लागि अल्ट्राभायोलेट बाइकको आधिकारिक वितरक केडिया इन्टरनेसनलले अल्ट्राभायोलेट एफ७७ बाइकमा आकर्षक अफर ल्याएको छ । कम्पनीले १० लाख ७५ हजार रुपैयाँ मूल्यको सो बाइक अब २ लाख रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध गराउने भएको हो ।
सो अफरमा कुनै पनि ब्रान्डको पुरानो बाइकसँग अल्ट्राभायोलेट एफ७७ बाइक साट्न सकिने छ । यसरी बाइक साट्दा १ लाख एक्सचेन्ज बोनस कम्पनीले उपलब्ध गराउने छ । त्यसैगरी २ लाख रुपैयाँ मात्र डाउन पेमेन्टको रुपमा सुरुमा रकम बुझाए बाँकी रकम शून्य प्रतिशत ब्याजदरको आधारमा किस्ताबन्दीमा बुझाउन सकिने छ ।
अल्ट्राभायोलेट एफ७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक र २९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३०७ किलोमिटर रेन्ज पाउन सकिने दावी छ । साथै मोटरको पावर 40.2 बीएचपी र टर्क 100 एनएम छ । बाइकलाई 323 किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
बाइकमा तीनवाट राइडिङ मोड, ५ इन्चको टिएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, राइड एनालिटिक्स, पूर्णत एलईडी लाइट, प्रिलोड एड्जस्टेवल सस्पेन्सन, रिजेनेरिटिभ ब्रेकिङ र डुअल च्यानल एबिएस लगायतका विभिन्न विशेषता रहेको छ ।
१३४० एमएम लामो ह्विलबेश भएको बाइकमा १६० एमएम ग्राउन्ड क्लिरियन्स पाउन सकिने कम्पनीको भनाइ छ । ८०० एमएम सिट हाइट रहेको उक्त बाइकको तौल २०७ किलोग्राम छ । यो मोटरसाइकल विभिन्न नौ वटा कलरमा उपलब्ध रहेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्