Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न राष्ट्र बैंकको सहजता

गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न राष्ट्र बैंकको सहजता
विज्ञापन
Advertisement

काठमाडौं ।नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपाली (एनआरएन) ले सेयर बजारमा सहज रूपमा लगानी गर्न सक्ने वातावरण बनाएको छ। विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीलाई चौथो पटक संशोधन गर्दै राष्ट्र बैंकले इन्भेस्टमेन्ट कम्पनीमा शेयर आवेदन दिने प्रक्रिया सरल बनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

संशोधित विनियमावली अनुसार अब गैरआवासीय नेपालीले संयुक्त लगानीका इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिन विदेशी लगानीको पूर्वस्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ। विनियमावलीमा उल्लेख छ, ‘गैरआवासीय नेपालीले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिने प्रयोजनको लागि विदेशी लगानीको स्वीकृतिअगावै रकम भित्र्याउन सकिनेछ, र पछि स्वीकृति प्राप्त भएमा पनि प्रक्रिया अवरोध मानिने छैन।’

यदि सेयर बाँडफाँडमा नपरेर आवेदन दिएको रकम फिर्ता गर्नुपर्ने अवस्था आयो भने, गैरआवासीय नेपालीले सम्बन्धित बैंक तथा वित्तीय संस्था, इन्भेस्टमेन्ट कम्पनी वा शेयर रजिस्ट्रारको सिफारिससहित एकाईमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम कर सम्बन्धी रकम पनि विदेशी लगानीकर्ता, उद्योग, कम्पनी वा कर कार्यालयको नाममा बैंक तथा वित्तीय संस्थामार्फत भित्र्याउन सकिने प्रावधान राखिएको छ।

राष्ट्र बैंकको यो निर्णयले एनआरएनहरूको सेयर बजारमा लगानी बढाउने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit