Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रानी जमरा कुलरिया सिँचाइ आयोजनाद्वारा किसानलाई अनुदान

रानी जमरा कुलरिया सिँचाइ आयोजनाद्वारा किसानलाई अनुदान
विज्ञापन
Advertisement

कैलाली । टीकापुरमा मोहन्याल भैँसीपालन फार्म सञ्चालन गर्दै आएका दुर्गाप्रसाद जैशी एक सफल व्यवसायीका रूपमा स्थापित व्यक्ति रहेका छन् । कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट राम्रो सहयोगकै कारण उहाँ सफल व्यवसायीका रूपमा स्थापित भएका थिए ।

विज्ञापन
Advertisement
Advertisement

कार्यान्वयन एकाइले आफूलाई गोठ सुधार गोदाम निर्माणका लागि अनुदान, बोरिङ मोटर, पावर टिलर, नस्ल सुधारमा अनुदान, रेबिजको सुईमा सहयोग, घाँसको बीउ गाईभैँसीलाई विभिन्न पोषण सहयोग गर्दै आएको बताउँदै आयोजनाको सहयोगले भैँसीपालन व्यवसाय अगाडि बढाउन ठूलो राहत मिलेको उनको भनाइ छ । दैनिक ७० लिटर दूध बेच्ने गरेको उनले बताए ।

त्यसो त रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि क्षेत्रमा भविष्य देखेका किसानका लागि वरदान बन्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेका उक्त आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानका लागि अनुदानमार्फत सञ्चालन गरेका कार्यक्रमकै कारण वरदान बनेको हो । आयोजनाले किसानलाई उन्नत बीउलगायत कृषि आधुनिकीकरणसहित प्राविधिक रूपमा सहयोग गर्न थालेपछि किसानले व्यावसायिक रूपमा सफलता हासिल गर्दै गएका छन् ।

टीकापुर नगरपालिका–३ घियाकका रमेशकुमार श्रेष्ठले बङ्गुरपालन व्यवसाय गर्दै आएका छन् । उनले व्यवसायको सहयोगी आधार पनि कार्यान्वयन एकाइ नै हो । उनका अनुसार एकाइले बर्सेनि मागका आधारमा सहयोग गर्दै आएको बताए । यस्तै दीपज्योति महिला कृषक समूहले पनि आयोजनाबाट राम्रो सहयोग पाइरहेको बताएको छ । अहिले सदस्यले पाँचपाँच कट्ठामा सामूहिक तरकारीखेती गर्ने गरेको कुरा समूहका सदस्य देशरानी चौधरीले बताए । उनले रानी जमराको सहयोगले तालिम बीउमा अनुदानसहित प्राविधिक सहयोग गर्दै आएको बताउँदै आयोजनाको कारण व्यावसायिक बन्न सकिएको बताए ।

आयोजनाले किसानका आवश्यकताका आधारमा उन्नत बीउमा ५० प्रतिशत, उपकरणमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । आयोजनाको सहयोगमा बीउ उत्पादन गर्दै आइरहेको आयोजनाको कमाण्ड क्षेत्रका विभिन्न कृषक सहकारीलाई अनुदानमा भवन निर्माण, ग्रेडिङ मेसिन, ढुवानीका लागि सवारीसाधन उपलब्ध गराउँदा बीउ उत्पादनमा सहजता भएको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारी संस्थाका व्यवस्थापक गोविन्द रावत बताउँछन् ।

सहकारीसँग अहिले आयोजनाको ७५ प्रतिशत अनुदानको १० मेट्रिक टनबराबर क्षमता भएको ट्रक र करिब चार सय आठ मेट्रिक टन क्षमता भएको बीउ भण्डारण भवन पनि रहेको व्यवस्थापक रावतले बताए ।

आयोजनाकै सहयोगले कृषि पेसालाई व्यावसायिक रूपमा जोड्न सहयोग पुगेको तरकारीखेती गर्दै आएका जानकी गाउँपालिका–५ पहाडीपुरका किसान नारायणप्रसाद जोशीले बताए ।

विगतका वर्षहरूमा वैदेशिक रोजगारमा गएका उनी हाल कृषि पेसामा आबद्ध रहेर विदेशको भन्दा राम्रो आम्दानी स्वदेशमै हुने गरेको बताउँछन् ।

‘किसानले लगाएका तरकारीले बजार राम्रो पाउनुपर्छ विदेशको भन्दा राम्रो कमाई स्वदेशमा हुन्छ ।’ उनले, ‘हाल तीन बिघा क्षेत्रफलमा खेती गरिरहेको तर मेरो क्षमता १० बिघा क्षेत्रफलमा गर्न सक्ने हो ।’

विसं २०७७ देखि परम्परागत रूपमा बाख्रापालन गर्दै आएकी जानकी गाउँपालिका–९ अमरावतीकी किसान रिजना चन्द आयोजनाको सहयोगमा आधुनिक खोर निर्माण गरेर व्यावसायिक बाख्रापालनतर्फ प्रेरित भएको बताए ।

विद्यालयको आठ बिघा १६ कठ्ठा जग्गा भाडामा लिएर बाख्रापालनलगायत अन्य व्यावसायिक खेती गर्दै आएको चन्दका अनुसार आयोजना वास्तविक किसानका लागि वरदान बनेको छ । हाल आफूसँग सानाठूला गरेर ७५ वटा बाख्रा छ ।

त्यसैगरी अर्की किसान जानकी गाउँपालिका–३ सिमरन पशुपन्छी फार्मकी पशुपालक किसान सरिताकुमारी थारूले भैँसीपालन गर्दै आएका छन् । भैँसीगोठ सुधारमा आयोजनाले सहयोग गरेको उनको भनाइ छ । चौधरीले भैँसीपालनका लागि भौतिक संरचना निर्माणमा किसानले आधामात्र लगानी गरेर आयोजनाले आधा अनुदान दिँदा त्यसबाट व्यावसायिक बन्न सजिलो भएको बताए । तीन वर्षदेखि भैँसीपालन गर्दै आएकी उनले फर्ममा हाल गाईभैँसी गरी १५ वटा छन् जसमध्ये छवटा दुहुनो भैँसी रहेकामा दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुँदै आएको छ ।

आयोजनाले व्यावसायिक किसानदेखि साना किसानको आयआर्जनमा वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । आयोजनाले केराखेती, बिजवृद्धि, बङ्गुरपालन, भैँसीपालन, बाख्रापालन, तरकारीखेती गर्ने किसानका आवश्यकताका आधारमा बीउ, भौतिक संरचना, नयाँ प्रविधि हस्तान्तरणमा अनुदान सहयोग गर्दै आइरहेको छभने व्यावसायिक, क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको आयोजनाका पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारती बताउँछिन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit