Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

२५ लाख धरौटीमा रिहा भए टेरामक्स प्रकरणमा मुछिएका मोहन बस्नेत

२५ लाख धरौटीमा रिहा भए टेरामक्स प्रकरणमा मुछिएका मोहन बस्नेत
विज्ञापन
Advertisement

काठमाडाैं । २५ लाख धरौटीमा  टेरामक्स प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सासंद मोहन  वहादुर बस्नेत रिहा भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विशेष अदालत, काठमाडौंको इजलासले आइतबार बस्नेतविरुद्धको थुनछेक बहसपछि २५ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश जारी गरेको हो। उक्त आदेश विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले सुनाएको हो।

बस्नेतविरुद्ध नेपाल दूरसञ्चार प्राधिकरणमा टेरामक्स प्रविधि खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनी आइतबार अदालतमा उपस्थित भएका थिए। सोही दिन बस्नेतको बयान र थुनछेक बहस पनि सम्पन्न भएको थियो।

पूर्वमन्त्री बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा रहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक बजेट र कार्यक्रमबारे छलफल भएको थियो। त्यसपछि प्राधिकरणले टेरामक्स प्रविधि खरिद गर्ने प्रस्ताव मन्त्रालयमा पठाएको थियो।

उक्त प्रस्ताव अर्थशास्त्री विमला पोखरेलमार्फत राय दिइँदै उपसचिव, सहसचिव हुँदै तत्कालीन सचिव महेन्द्रमान गुरुङमार्फत मन्त्री बस्नेत समक्ष पुगेको थियो। २०७४ भदौ २३ गते बस्नेतले दुरसञ्चार प्राधिकरणको वार्षिक बजेट स्वीकृत गरेको उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिने क्रममा बस्नेतले उक्त प्रविधि कल डिटेल र व्यक्तिको गोपनीयता हेर्न वा भंग गर्न लक्षित नभएको जिकिर गरेका थिए। उनले टेरामक्स प्रणाली स्थापनाको निर्णय निज व्यक्तिको निगरानी नभइ प्रविधिको सामान्य विकासका लागि गरिएको दाबी गरेका थिए।

भ्रष्टाचार मुद्दा दायर भएसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit