Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो, वितरणयोग्य नाफा १७ करोड

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो, वितरणयोग्य नाफा १७ करोड
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेर साढे १० करोड रुपैयाँ नाघेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १२१.९० प्रतिशत बढेर २३ करोड ५८ लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष लघुवित्तले १० करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

विज्ञापन
Advertisement
Advertisement

लघुवित्तको खराब कर्जा ह्वात्तै घट्दा नाफा बढ्न पुगेको हो। अघिल्लो वर्ष ४.०७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.६२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष लघुवित्तले ६३ करोड १४ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष लघुवित्तले ८ करोड ५२ लाख ४ हजार रुपैयाँ खुद शुल्क आर्जन गर्दा कमिशन आम्दानी ८४ करोड ४९ लाख ३१ हजार रुपैयाँ र कुल सञ्चालन आम्दानी ३३ करोड ७२ लाख ३० हजार रुपैयाँ गरेको छ । लघुवित्तको २०८१/८२ मा वितरणयोग्य नाफा १७ करोड १९ लाख ९ हजार रुपैयाँ रहेको छ। गत वर्ष लघुवित्तले ३३ करोड ७६ लाख १६ हजार रुपैयाँ कर्मचारी खर्च, ६ करोड ३९ लाख ३३ हजार रुपैयाँ अन्य सञ्चालन खर्च गरेको विवरणमा उल्लेख छ ।

६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७१ करोड ३९ लाख १० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष १७.१६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तको गत वर्ष दोब्बरले बढेर ३८.११ रुपैयाँ पुगेको छ । लघुत्तिको प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ रहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit