Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फोटोनको मेगा मनसुन सर्भिस क्याम्प आजदेखि

फोटोनको मेगा मनसुन सर्भिस क्याम्प आजदेखि
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो वृहत मेगा मनसुन सर्भिस क्याम्प सुरु गरेको छ। फोटोन सवारी धनीलाई वर्षायाममा सवारीको सर्भिसलाई तयारी राख्न सहयोग पुर्याई सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्नु क्याम्पको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारी साधनलाई सेवा प्रदान गर्नेछ । हभागीहरूले क्याम्प अवधिभर स्पेयर पार्ट्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५५ सम्म छुट पाउँनेछन् । प्याकेजमा निःशुल्क सवारी वाश र ग्रीजिङ सेवा समेत समावेश छ, जुन वर्षायामको हिलो सडकमा विशेष लाभदायक हुने कम्पनीको विस्वास छ।

साथै, ग्राहकहरूका लागि निःशुल्क आँखाको स्वास्थ्य परीक्षण पनि क्याम्पमा उपलब्ध छ । फोटोन टोटल केयरका दक्ष प्राविधिकहरूले प्रत्येक सर्भिस स्टेसनमा निःशुल्क सवारी परीक्षण गर्ने सक्नेछन्। क्याम्पमा सवारीका पावरट्रेन, इलेक्ट्रिकल कम्पोनेन्ट, चेसिस र संरचनात्मक भागसहितका सबै महत्वपूर्ण प्रणालीको जाँच हुने छ ।

मेगा मनसुन सर्भिस क्याम्प दुई महिनासम्म नेपालभरका आधिकारिक सर्भिस नेटवर्कमा सञ्चालन हुने फोटोनले जनाएको छ । एमएडब्लू वृद्धि नेपालमा फोटोनको आधिकारिक वितरक हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit