Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

शेयर बजारमा दोहोरो अंकको गिरावट,४ अर्बको कारोबार

विज्ञापन
Advertisement

काठमाडाैं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यो दिन ११.५२ अंकले घटेर २ हजार ७०८.२५ विन्दुमा आइपुगेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ४० करोड २७ रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा युनियन हाइड्रो पावर, नेपाल रिइन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, हिमालयन डिस्टिलरी र युनिभर्सल पावर कम्पनीको शेयर १ करोड ३० लाख रुपैयाँ देखि २९ करोड ९९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

हिम स्टार उर्जा कम्पनी, एनआइबीएल समृद्धि फण्ड, युनिभर्सल पावर कम्पनी, मेगा म्यचुअल फण्डको शेयर ४.६९ दशमलव देखि ९.९७ प्रतिशतसम्मले बढेको छ । पञ्चकन्या माई हाइड्रो पावर, विकास हाइड्रो पावरको शेयर मूल्य ४.६२ प्रतिशतदेखि ३.७० प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit