images images images
images images images
images
images
images

सहुलियत मूल्य पसलमा आर्कर्षित उपभोक्ता, खाद्यले यसपाली दशैंमा खसी–बोका वितरण नगर्ने

images

काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति निम्तिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत मूल्यको पसलहरु हिजोदेखि संचालनमा ल्याएको छ ।

कम्पनीले दाल चामल तथा अन्य खाद्यन्नका सामग्रीहरु धमाधम बिक्री गरिरहेको छ । वातावरण अनुकूल नभएकाले उपभोक्ताहरुको उपस्थिति नभएपनि कम्पनीले सेवा विस्तार गरेको हो । दशैंकै मुखमा देशमा अस्थिरता निम्तिएकाले उपभोक्ताले चासो नदेखाएकोमा कम्पनीका कर्मचारीहरुले दुखेसो व्यक्त गरेका छन् ।
नेपालको स्थिति सोचे जस्तो नभएको र विगतमा जस्तो उपभोक्तहरुको भीडभाड नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेशकी प्रमुख धर्मकुमारी राजवंशीले बताइन् ।

images
images

उनले आन्दोलनका कारण उपभोक्तहरुको मनमा डर बसेकाले व्यापार कम्पनीलाई प्रभाव परेको बताइन् । ‘हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै सहुलियत सुपथ मूल्यमा सामानहरु बिक्री वितरण गर्ने गरेका छौं, यसपाली पनि पूर्वतयारीका साथ बिक्री सुरु गरेका हौं । तर मुलुकको अवस्था सोचेजस्तो भएन । त्यसैले भव्यताकासाथ उद्घाटन गर्न सकिएन । आन्दोलनका कारण उपभोक्ताहरु त्रासमा छन् । जसको प्रभाव परिरहेको छ’ उनले भनिन् ।

उनले अन्य स्थानमा पनि सूपथ मूल्य संचालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिइन् । उपत्यकामा रामशाहपथ, नख्खु, थापाथली र दक्षिणकालीमा पसल संचालनमा आएको जानकारी दिइन् । ‘हाम्रो कार्यालय मार्फत चारवटा शाखाहरु रामशाहपथ, नख्खु, थापाथली र दक्षिणकालीबाट पनि संचालन भइरहेको छ । गोदावरी र चाँगुनारायण साथै रसुवाबाट पनि सन्चालन गर्ने लक्ष्यमा छौं । सबै पूर्वाधार अनुरुप सन्चालन गर्नपर्ने भएकाले पहिलो हप्ता भित्र नै रसुवादेखि गोदावरीसम्म सन्चालन गर्नेछौं,’ उनले भनिन् ।

हालको अवस्था सहज नभएको र यातायातको सुविधा नभएकाले पनि बिक्रीमा असर परेको सुनाइन् । उनले चामल, दाल गेडागुडी, मसलाजन्य सामान रैथाने बालीहरुमा प्रति केजी १० रुपैयाँसम्म छुटमा साथै चिउरा एवम आँटालगायतका पिठो भने प्रतिकेजी सात रुपैंयाँसम्मको छुटमा बिक्री गरिरहेको बताइन् । उनले यस वर्ष विषम परिस्थितिका कारणले दशैंमा खसी–बोका वितरण गर्न नसकिने बताइन् ।
सुपथ मूल्यमा सामान खरिदका लागि आएका उपभोक्ता प्रेम कृष्ण श्रेष्ठले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको सेवा सुविधा सहज भएको साथै सस्तो रहेको बताए ।

‘सधैं सुपथ पसलहरुबाटै सामान लाने गरेको छु । सस्तो महंगो भनेको त्यस्तै हो तर सबै सामगी्र एकै ठाउँमा पाइन्छ । आजसम्म भाटभटेनी या अन्त गएर सामान खरिद गरेको छैन् । हरेक वर्ष यसरी पसल संचालन गरे राम्रो हुनेथियो,’ उनले भने ।

उपभोक्ता ठाकुर राम पहरीले सरकारले चाडपर्वलाई विषेश जोड दिएर सहुलीयत मूल्यमा बिक्री वितरण गर्दा खुशी लागेको पनि बताए । त्यस्तै अर्का उपभोक्ता भवानी सापकोटाले सँधै भाटभटेनीमा किन्ने गरेकोमा महंगो भएको भन्दै यहाँ सस्तोमा पाउने थाहा पाएर आएको समेत बताइन् । ‘पहिला पहिला भाटभटेनीमा लिने गरेका थियौँ । तर यहाँ सस्तोमा पाइने थाहा पाएर आएको हुँ । कम्पनीले सधैं यसरी सुविधा दिए राम्रो हुनेथियो ।’ नेपाल न्यूज बैंक

 

images
images

प्रतिक्रिया दिनुहोस्