Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

अर्थमन्त्रीद्वारा कर्जा प्रवाहमा सरलीकरण गर्नेलगायतका विविध विषयमा निजी क्षेत्रसँग छलफल

अर्थमन्त्रीद्वारा कर्जा प्रवाहमा सरलीकरण गर्नेलगायतका विविध विषयमा निजी क्षेत्रसँग छलफल
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रको सुरक्षा प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माणका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

विज्ञापन
Advertisement
Advertisement

“अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति हुुनुपर्ने, कर तिर्ने समय थप गर्ने, सहुलियत दिने, बीमा दाबी भुक्तानी तथा कर्जा प्रवाहमा सरलताका लागि राष्ट्र बैङ्कमार्फत सहजीकरण गरिनुपर्नेलगायतका विषयमा छलफल भएको छ”, अध्यक्ष ढकालले भने, “अर्थमन्त्रीले निजी क्षेत्रका कुराहरू सकारात्मक रूपमा लिनुभएको छ । केही विषयहरू तुरुन्तै कार्यान्वयनका लागि निर्देशनसमेत दिनुभएको छ ।”

जेनजी प्रदर्शनका क्रममा विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यवसायीका निवासमा आगजनी र तोडफोड भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit