Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्व भएको करिब ४८ घन्टापछि खुल्दै

नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्व भएको करिब ४८ घन्टापछि खुल्दै
विज्ञापन
Advertisement

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो लगभग हटाइसकिएको छ। केही समयमा सडक आवागमन सुचारु गरिने भरतपुरस्थित सडक डिभिजन कार्यालयले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार निरन्तरको प्रयासपछि ठूलो मात्रामा खसेको ढुंगा–माटो हटाउने काम अन्तिम चरणमा पुगेको छ। पहिरोका कारण केही घण्टादेखि अवरुद्ध भएको उक्त राजमार्ग सञ्चालनमा आएपछि सवारी साधनको लामो लाइन क्रमशः खुल्ने अपेक्षा गरिएको छ।

अत्यधिक वर्षा र भौगोलिक संवेदनशीलताका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा बारम्बार पहिरो खस्ने समस्या आउने गरेको छ। सडक डिभिजनले यात्रु र चालकलाई सतर्क रहन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit