Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

एक हजार र पाँच सय रुपैयाँको नोटबन्दी गर्नेबारे छलफल भएको छैन : अर्थमन्त्री खनाल

एक हजार र पाँच सय रुपैयाँको नोटबन्दी गर्नेबारे छलफल भएको छैन : अर्थमन्त्री खनाल
विज्ञापन
Advertisement

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले नोटबन्दी गर्नेबारे भैरहेको चर्चामा सरकारले यसबारे छलफल समेत नगरेको स्पष्ट पारेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको जानकारी दिए । उनले अहिलेको अवस्थामा एक हजार र ५०० रुपैयाँको नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको प्रस्ट पारे ।

भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने उनको भनाइ छ ।

यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit