Advertisement
Advertisement
Corporate Samachar
२३ श्रावण २०८३, शनिबार
Advertisement
Advertisement

मुस्ताङबाट दसैँ लक्षित ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङबाट दसैँ लक्षित ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी
विज्ञापन
Advertisement

मुस्ताङ । यसवर्ष मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी-जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार निकासी भएका भेडाच्याङ्ग्रा र रमा (च्यालु)को औसत अनुमान गर्दा ३५ करोड रुपैयाँ बढीको च्याङ्ग्रा निकासी भएको हो। यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उनले बताए । यसमा मुस्ताङको हिस्सा अनुमानित २० करोड रुपैयाँ रहेको छ ।

जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य ३५ हजार, भेडाको २८ हजार र रमा (च्लालु) च्याङ्ग्राको मूल्य १२ हजार रुपैयाँ रहेको जनाइएको छ ।

यहाँबाट जिल्ला बाहिर निकासी गरिएका भेडाच्याङ्ग्रा अझै बढी हुनसक्ने स्थानीय जानकारहरूको भनाइ छ । विज्ञ केन्द्रले पशु निरोगिताको परीक्षण गर्दा च्याङ्ग्रा धनीले एकीन सङ्ख्या नबताउने भएकाले यो सङ्ख्या बढी हुनसक्ने उनीहरूको तर्क छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit