Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

रैथाने उत्पादनको ब्रान्डिङ र बजारीकरण गर्ने पालिकालाई विशेष अनुदान

रैथाने उत्पादनको ब्रान्डिङ र बजारीकरण गर्ने पालिकालाई विशेष अनुदान
विज्ञापन
Advertisement

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीहरूलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

चितवनको भरतपुर महानगरपालिका–२९ भतेरीस्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले रैथाने बाली तथा अदुवा, लसुन, बेसार र प्याजजस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिए। मुख्यमन्त्री बानियाँले भने, ‘अहिलेको बजेटमा हामीले एक पालिका, एक रैथाने उत्पादन, एक सङ्कलन केन्द्र नीति अघि सारेका छौँ । सोहीअनुरूप प्रशोधन, ब्रान्डिङ र बजारीकरण गर्ने पालिकालाई प्रदेश सरकारले विशेष अनुदान दिँदैछ ।’

महिला दिदीबहिनीहरू आफैँ अग्रसर भएर बिचौलियाको प्रभावविहीन सिधैँ किसानबाट उत्पादित ६५ टन बेसार सङ्कलन, प्रशोधन र ब्रान्डिङ गरी बजारमा ल्याएकामा खुसी व्यक्त गर्दै उनले संस्थाको प्रगतिको उच्च सम्मान गरे । बजेट पारित भएलगत्तै साउनभित्रै प्रक्रिया अगाडि बढाई यस्ता उद्यमशील महिलाहरूद्वारा सञ्चालित उद्योगलाई थप अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।

केही सहकारीहरूमा सर्वसाधारणको रकम दुरुपयोग हुँदा समाजमा त्रास र अविश्वास बढेको तर्फ इङ्गित गर्दै उनले सफल सामाजिक उद्यमी महिला सहकारीजस्ता उत्पादन र विशुद्ध कर्ममा जोडिएका संस्थाहरूले नै सहकारी क्षेत्रको गरिमा जोगाउने दाबी गरे । कार्यक्रममा बागमती प्रदेशका सहकारी मन्त्री बिनु रायमाझीले किसान, सहकारी, विकास साझेदार र निजी क्षेत्रको संयुक्त उत्पादन ‘चन्द्र सूर्य’ बेसार एक उत्कृष्ट उदाहरण भएको बताइन् । स्थानीय उत्पादनको मूल्य एवं बजार पहुँचमा लगानी गरेर कृषि समुदायलाई दीर्घकालीन फाइदा पुर्याउने उद्यमहरू निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

हेफर नेपालका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मीले विशुद्ध किसानले बनाएको ब्रान्ड ‘चन्द्र सूर्य’ बेसारले यहाँका महिला किसान र सहकारी सदस्यहरूको नेतृत्व तथा उद्यमशीलताको भावनालाई उजागर गरेको बताए। उनले यहाँको अर्गानिक उत्पादनका कारण उपभोक्ताले शुद्ध बेसार सेवन गर्न पाउने बताउँदै किसानले आफैँ खेती, सङ्कलन, उत्पादन, ब्रान्डिङ र बजारीकरण गर्न पाउनु सुखद क्षण भएको उल्लेख गरे । हेफर लामो समयदेखि साना किसानसँग मिलेर समावेशी, उत्थानशील र दिगो खाद्य प्रणाली निर्माणका लागि काम गर्दै आएको बताउँदै उनले नेपालका चार लाखभन्दा बढी परिवारसँग सहकार्य गर्दै कृषिलाई दिगो आम्दानी, खाद्य सुरक्षा र समृद्धिको आधार बनाउन सहयोग गरिरहेको जानकारी दिए ।

सानो प्रयासबाट सुरु भएको उद्योग आज ब्रान्ड बन्दै

भरतपुरको भतेरीमा स्थापना भएको सफल सामाजिक उद्यमी महिला सहकारी संस्था महिलाकै नेतृत्वमा सञ्चालित सहकारी हो। संस्थाले आफ्ना ३०० जना सदस्य र बाह्य चितवनकै र तनुहँका पाँच सहकारीका ७०० जना गरी कुल एक हजार किसानहरूमार्फत बेसार सङ्कलन तथा ब्रान्डिङ गरी बिक्री गर्दै आएको छ । संस्थाकी उपाध्यक्ष राधिका भट्टराईले सहकारी २१० जना सदस्यबाट सुरु भई हाल ९०५ जना सदस्य पुगेको जानकारी दिइन् । उनका अनुसार सुरुमा १०० केजी बेसार उत्पादन गरी सुरु गरिएको उद्योगबाट हाल ६५ टन सम्म उत्पादन गर्न सहकारी सफल भएको छ ।

संस्थाकी अध्यक्ष मधुमाया गुरुङले विगतका सङ्घर्षका दिनहरू स्मरण गर्दै भनिन्, ‘पहिला हातले काटेर, सुकाएर नारायणगढ लगेर पाउडर बनाई सामान्य प्याकेज गरिन्थ्यो । पहिला आफैँ पसल तथा होटलमा गएर बिक्री गर्नुपथ्र्यो। आज सबैको मिहिनेतले ‘चन्द्र सूर्य’ ब्रान्ड बनेको छ, आफ्नो ब्रान्ड बजारमा देख्दा खुसी मिल्छ । अब बजार खोज्न भौँतारिनु पर्दैन ।’ उनका अनुसार संस्थाको उद्योगमा अहिले आधुनिक मेसिनबाट प्रशोधन, उत्पादन, प्याकेजिङ र ब्रान्डिङ गरी बजार पठाउने गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit