Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कुमारी बैंक र जीआईजेड नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्न हेतु सम्झौता

कुमारी बैंक र जीआईजेड नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्न हेतु सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहकार्य संस्था (जीआईजेड) बीच दुई पक्षीय सहकार्य गर्ने सहमती भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालका लागि दिगो विद्युतीय यातायात विकास (सेटफर नेपाल) परियोजनाअन्तर्गत सम्झौतामा हस्ताक्षर भएको हो । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात-विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको (ईएमबीएस) स्वीकृति तथा सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।

सेटफरनेपाल परियोजना जीआईजेड नेपाल र ग्लोबल ग्रीन ग्रोथ इन्स्च्यिूट (जीजीजीआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो। यो परियोजना अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्र (एमएएफ) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ । जसबाट करिब ३ हजार ५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छभने नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउने बताइएको छ ।

यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । सहकार्यबाट सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउने उल्लेख छ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदानको व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ । साथै, यसलाई आर्थिक रूपमा पनि सहज बनाउने बताइएको छ ।

जीआईजी जर्मनीको एक सरकारी विकास सहयोग संस्था हो। जीआईजीका सबै कार्यक्रमहरू जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुन्छन् र यसले नेपालका विकास साझेदारहरूसँग मिलेर दीगो र आत्मनिर्भर विकासलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit