काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले प्रतिष्ठित अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ ९००१ (गुणस्तर व्यवस्थापन प्रणाली) र आईएसओ १४००१ (वातावरणीय व्यवस्थापन प्रणाली)को मान्यता पाएको छ।
यी प्रमाणीकरणहरूले एनसेलको उच्च गुणस्तरीय सेवा प्रदान गर्ने र वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई प्रमाणित गरेका छन्। यसअघि एनसेलले डाटा सुरक्षा र गोपनीयतासँग सम्बन्धित आईएसओ २७००१ :२०२२ र आईएसओ २७७०१ :२०१९ मान्यता समेत पाइसकेको छ, जुन यो वर्ष नवीकरण पनि भएको कम्पनीले जनाएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले यो मान्यताले कम्पनीको व्यवसाय विश्वव्यापी मापदण्ड अनुसार बलियो रूपमा सञ्चालित छ भन्ने कुरा पुष्टि गरेको बताए । यो प्रमाणीकरणसँगै ग्राहकले थप भरपर्दो नेटवर्क र गुणस्तरीय सेवा पाउने विश्वास गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्