Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

कामनाको ‘डुअर स्टेप बैंकिङ’ सुविधा : अब ग्राहकको घरमै पुग्छ बैंक, मोवाईल बैंकिङदेखि, एटिएम, लकर सुविधासम्म निशुल्क

कामनाको ‘डुअर स्टेप बैंकिङ’ सुविधा : अब ग्राहकको घरमै पुग्छ बैंक, मोवाईल बैंकिङदेखि, एटिएम, लकर सुविधासम्म निशुल्क
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट बचत खाता अन्तर्गत ‘डुअर स्टेप बैंकिङ सर्भिस’ सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालकै पहिलो पटक सुरु भएको यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नगई बैंकिङ सुविधा लिन चाहने ग्राहकका लागि प्रत्यक्ष रूपमा फाइदाजनक हुने बैंकले जनाएको छ । अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत बैंकका ग्राहकले विभिन्न सेवाहरु जस्तै ः नगद जम्मा गर्ने, खाताबाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा बसेर प्राप्त गर्न सक्नेछन् । यी सुविधाहरू बैंकले निःशुल्क रूपमा प्रदान गर्ने जनाएको छ ।

यस्तै, ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत आवश्यक सेवा अनुरोध गर्न सक्नेछन् । यस्तो आवशयक सेवा अनुरोधपछि बैंक प्रतिनिधिले अनुरोध गरिएको स्थानसम्म नै पुगेर उक्त सेवा प्रदान गर्ने बैंकले जानकारी गराएको छ। यसले डिजिटल बैंकिङको प्रर्वद्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री बनाइराख्ने बैंकको विश्वास छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो ‘डुअर स्टेप बैंकिङ सर्भिस’ हो ।

विश्वका केही विकसित देशहरूमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहेको उल्लेख गर्दै नेपालमा पनि कामनाले सुरु गरेको उक्त सेवा बैंकिङ इतिहासमा पहिलो भएको तथा कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नवीनतम सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले बताए ।

प्रमुख मार्केटिङ अधिकृत सुवेदीका अनुसार बैंकले थालेको यो सुविधा ग्राहकहरुको सन्तुष्टिलाई मुख्य प्राथमिकतामा राखेर सुरुवात गरिएको हो । यो सुविधा दैनिक रूपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी, ज्येष्ठ नागरिकहरूका लागि अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ । ग्राहकको लामो लाइन बस्नुपर्ने, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरबाटै विविध सुविधाहरू उपभोग गर्न सक्नेछन् । यो सुविधा अन्तर्गत बैंकको लकर सुविधा, एटिएम डेविट कार्ड, मोवाईल बैंकिङ सुविधासमेत निस्शुल्क उपलब्ध गराएको छ ।

हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र विस्तारै देशैभर विस्तार गर्ने बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit