काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य साढे दुई लाख रुपैयाँ पार गर्दै कीर्तिमानी रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज दुई हजार रुपैयाँले बढेको सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि अघिल्लो कारोबार दिन (बुधबार) छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । यस आधारमा बिहीबार सुनको मूल्य २ हजार रुपैयाँ बढेर कीर्तिमानी बिन्दु छोएको हो ।
यस्तै चाँदीको मूल्य समेत ३५ रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ पुगेको छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्