पोखरा । पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम आजबाट सञ्चालनमा आएको छ । पोखराको शिवचोकमा स्थापना भएको शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले उद्घाटन गरेका हुन् ।
पोखरामा लिपमोटर र सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता एस.एस.एल मोटर्स कम्पनी प्रा.लि.तोकिएको छ । यो सँगै मल्टिब्राण्ड शोरुमबाट कम्पनीले थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । सोही अवसरमा कम्पनीले लिपमोटरको नयाँ मोडल बि–१० विद्युतीय गाडीसमेत सार्वजनिक गरेको छ ।

प्रिमियम, ग्राहक केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने उद्देश्यले शोरुमा सञ्चालनमा आएसँगै पोखराको अटोमोबाइल क्षेत्र थप सशक्त भएको विश्वास कम्पनीको छ । साथै, पोखरा क्षेत्रका ग्राहकले टेस्ट ड्राइभ, विशेषज्ञ परामर्श र दुवै ब्रान्डका नवीनतम मोडेलबारे प्रत्यक्ष बुझ्न सक्नेछन् ।
लिपमोटर बि१० को बारेमा
लिपमोटर बि१० स्मार्ट, सुरक्षित र आकर्षक गाडी हो । कम्पनीले ‘लाइफ’ र ‘डिजाइन’ गरी लिपमोटर बि१० नेपालमा दुई भेरियन्टमा उपलब्ध गराएको छ । ‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ पर्छ । तर, कम्पनीले ‘लाइफ’को अफर मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ । त्यस्तै ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहेपनि अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ । अफर मूल्यका कारण लिपमोटरका ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।
नयाँ लिपमोटर बि१० का मुख्य विशेषताहरू :
६७.१ kWh LFP ब्याट्री, CLTC प्रमाणित ६०० किमी दायरासहित
–१६०-kW मोटर, स्मूथ र रेस्पोन्सिभ प्रदर्शनका लागि
–ओटिए अपडेटसहितको एआई सञ्चालित स्मार्ट ककपिट
–लेन असिस्ट, इमर्जेन्सी ब्रेकिङ, र ३६०° क्यामेरा सहित उन्नत ADAS सुरक्षा प्रणाली
कार्यक्रममा एस.एल मोटर्सका सञ्चालक गोपाल बरालले अटोमोबाइल क्षेत्रमा लामो समयको अनुभव संगालेको उल्लेख गर्दै पोखरामा पनि ग्राहकको विस्वास जित्ने विश्वास व्यक्त गरे । उनले भने, ‘ ग्राहकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो । लिपमोटर र सिट्रोन गाडी पोखरा क्षेत्रमा छोटो समयमा लोकप्रिय बनेको छ, नयाँ लिपमोटर पनि धेरैको रोजाईमा पर्ने विश्वास छ ।’
यस्तै, सो अवसरमा लिपमोटर र सिट्रोन गाडीका लागि नेपालीको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले पोखरेली जनताको विश्वास जित्ने धारणा राखे ।

















प्रतिक्रिया दिनुहोस्