Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

नेप्सेका कर्मचारीले सीईओ चुणामणी र हेमन्त बस्यालको छानविन माग राख्दै अर्थमन्त्रालयमा दिए निवेदन

नेप्सेका कर्मचारीले सीईओ चुणामणी र हेमन्त बस्यालको छानविन माग राख्दै अर्थमन्त्रालयमा दिए निवेदन
विज्ञापन
Advertisement

काठमाडाैं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई र सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्यालको योग्यता सम्बन्धमा छानविनको माग गर्दै अर्थ मन्त्रालय, सिंहदरबारमा नेप्से कर्मचारी संघमार्फत दिएको निवेदन दिएका छन् । शुक्रबार उनीहरुले मन्त्रालय पुगेर छानविनको माग गरेका हुन् । नेप्सेका कर्मचारीहरु पछिल्लो २४ दिनदेखि आन्दोलनरत छन् ।

विज्ञापन
Advertisement
Advertisement

कर्मचारी संघले नेप्से प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी मन्त्रिपरिषदको विवादित निर्णयः( पहिले भएको मन्त्रिपरिषदको निर्णयलाई उल्टाएर नियुक्ति लिएको, छनोट प्रकृयामै मिलेमतोः नियुक्तिका लागि आवेदनका साथ पेश गर्नपर्ने लगायतका आवश्यक कागजातहरु पेश नगरेको, चापागाईले पेश गरेको अनुभव सम्बन्धी कागजातहरु धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ (क) मा भएको व्यवस्था र अर्थ मन्त्रालयबाट मिति २०८१-११-१२ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृत सिफारिस सम्बन्धी पदपूर्ति समितिको सूचनामा उल्लेख भए बमोजिमको छनोट मापदण्ड बमोजिम नभएको जनाएको छ ।

त्यस्तै बस्यालको हकमा बस्याल एन्ड कम्पनी चलाएर बसेको व्यक्तिको अध्यक्ष हुन सक्न नसक्ने, नेप्सेसँग बस्याल एन्ड कम्पनीको पुरानो भुक्तानी विवाद रहेकै अवस्थामा स्वार्थ बाझिने गरी नेप्सेको अध्यक्ष पदमा बस्यालले नियुक्ति लिएको आरोप सम्बन्धी छानविन गर्न नेप्से कर्मचारी संघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit