Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

तिहारको रौनकमा किसानलाई धान भित्र्याउने चटारो

तिहारको रौनकमा किसानलाई धान भित्र्याउने चटारो
default
विज्ञापन
Advertisement

भक्तपुर । नेपाली हिन्दुहरूको दोस्रो महान् चाँड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्षदिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।

हरेक दिन खेतखेतमा धान काट्ने र भित्र्याउने किसानको उल्लेख्य उपस्थिति देखिन्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान सानुभाइ गिरीले पाकेको धान काटेर हतारमा भित्र्याउन थालेको बताए ।

उनले भने, “दश तिहारको रौनकले छोपेको छ, तर हामी किसानलाई असिना पानीको डर भयो, त्यसैले पाकेको धान भित्र्याउन थालेका हौँ, यहाँका धेरै किसानले तिहारको रौनकलाई छाडेर धान भित्र्याउन थालेका छन् ।”

बिहिबार भाइटीकाको दिन मात्रै खाली बस्ने भन्दै गिरीले अन्य दिन धान काट्ने, चुट्ने र भित्र्याउने काममा व्यसतता बढेको बताउनुभयो । सबै काम सक्ने अझै दुई साता लाग्ने उनको भनाइ छ ।

चिउरा मिल सञ्चालकहरूले चिउराका लागि खेतखेतमा पुगेर धान किन्ने भएकाले कतिपय कृषकले राम्रोसँग बोटमा नपाकेको हरियो धानसमेत काटेर सस्तोमा बिक्री गर्न थालेका छन् ।

चाँगुनारायण–७ वागेश्वरीकी प्रमिला कार्कीले चिउरा मिल सञ्चालकले ताइचिन धान प्रतिकिलो रु ८० का दरले खेतमै उठाउन आएपछि धान काट्ने बित्तिकै खेतबाटै बिक्री गर्न थालेको बताए ।

सूर्यविनायक नगरपालिका–९ चित्तपोलकी सुभद्रा बस्नेतले तिहारको व्यस्ततासँगै धान भित्र्याउने काम थपिएको बताउँदै यहे वर्षदिनभरिको किसानको कमाइ हो भने ।

जिल्लाको धानखेती हुने ताथली, सुडाल, चित्तपोल, नङ्खेल, कटुञ्जे, गुण्डु, सिपाडोल, छालिङ्ग, वागेश्वरी, नगरकोट, दुवाकोट, झौखेललगायत क्षेत्रका किसानको यतिखेर धान काट्ने र भित्र्याउने काममा व्यस्तता बढेको हो ।

सूर्यविनायक–७ गुण्डुका किसान रविन्द्र बस्नेतले भने, “असिना पानीको डरले कतिपय किसानले हरियो धान काट्न थालेका छन्, तिहार भनेर कुर्ने समय छैन, आकाशमा बादल मडारिए पनि किसान आत्तिन्छन् त्यसैले तिहार नभनी भक्तपुरका सबै किसान धान काट्न व्यस्त छन् । सबै आफ्नै धान काट्न थालेकाले ज्यामी पाइँदैन, पर्म पनि छैन, ज्यामी नहुँदा धेरै किसानलाई समस्या परेको छ ।”
(((

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit