Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

अर्थमन्त्रीलाई नाफिजको प्रतिवेदन

अर्थमन्त्रीलाई नाफिजको प्रतिवेदन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तयार पारेको ‘जेनजी आन्दोलन (ध्वंश) पछिको अर्थतन्त्रको मार्गचित्र’ नामक प्रतिवेदन सरकारलाई बुझाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति र मुलुकको अर्थतन्त्रबारे अध्ययन गरिएको उक्त प्रतिवेदन नाफिज अध्यक्ष मेनुका कार्कीले आज अर्थमन्त्री डा रामेश्वर खनाललाई हस्तान्तरण गरे ।

कार्कीले भूकम्प, नाकाबन्दी र कोभिडले थलिएको अर्थतन्त्र क्रमशः सुधारोन्मुख भइरहेका बेला ‘जेनजी’ प्रदर्शनका क्रममा भएको घुसपैठले थप क्षतिग्रस्त हुन पुगेको बताउँदै त्यसको पूर्ति गर्न ठूलो स्रोतसाधन खर्चिनुपर्ने आवश्यकता औंल्याए ।

अर्थमन्त्री खनालले यही प्रदर्शजका क्रममा भएको क्षति बिमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्था भए सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले सरकारले हाल क्षतिको आधिकारिक तथ्याङ्क सङ्कलन गरिरहेको र क्षतिको विवरण आएपछि व्यवसायीलाई आवश्यक सहयोग गरिने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit