Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि आईपीओ निष्कासन गर्दै

एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि आईपीओ निष्कासन गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर जारी गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यसमध्ये २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

उद्योग प्रभावित बासिन्दा र बैदेशीक रोजगारीमा रहेकाहरुलाई शेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, साथै मेरो शेयर पोर्टल मार्फत पनि दिन सकिन्छ ।

आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ । यसको बिक्रि प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ सय रुपैयाँ अंकित दरमा कुल ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit