Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

झन्डै तीन दशकको बैंकिङ अनुभव संगालेका शाक्य एनआईसी एशिया बैंकको सीईओ नियुक्त

झन्डै तीन दशकको बैंकिङ अनुभव संगालेका शाक्य एनआईसी एशिया बैंकको सीईओ नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन्। आज बसेको बैंक सञ्चालक समिति बैठकले शाक्यलाई आगामी ४ वर्षको लागि बैंकको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

यसअघिका बैंकका तत्कालीन सीईओ रोशन कुमार न्यौपाने दोस्रो कार्यकालमा नियुक्त भएकोम कार्यकाल पुरा नहुँदै राजिनामा दिएपछि रिक्त पदमा समितिले शाक्यलाई नियुक्त गरेको हो ।

हाल नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका शाक्य एनआइर्एसी एशिया बैंककै पूर्व कर्मचारी समेत हुन् । उनीसँग सिभिल बैंक, जनता बैंक तथा ग्लोबल आईएमई बैंकमा (डीसीईओ) उच्च व्यवस्थापनमा रहेर काम गरेको अनुभव छ । शाक्यले नबिल बैंकमा ५ वर्ष काम गरिसकेका छन् । बैंकिङ क्षेत्रमा २८ वर्षभन्दा बढीको कार्यअनुभव संगालिसकेका शाक्यलाई बैंकिङ क्षेत्रमा वित्तीय विश्लेषकसँगै रणनीतिक व्यक्तित्वको रुपमा चिनिन्छ ।

सीईओ नियुक्त हुने भएपछि शाक्यले सोमबारै नबिल बैंकबाट राजीनामा दिएका थिए।

ललितपुर महानगरपालिका– ३ पुल्चोक निवासी शाक्यले भारतको डिल्ली युनिभर्सिटीबाट बिकम (अनर्स), भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटीबाट म्यानेजमेन्ट, लखनउबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । शाक्यले सन् १९९६ मा नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन्। उनले एक महिनाभित्र कार्यभार सम्हाल्ने बताइएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit