Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

विनोद चौधरी : नयाँ पुस्ताको निराशा सम्बोधन गर्न पार्टीले नयाँ ढंगले अघि बढ्नुपर्छ”

विनोद चौधरी :  नयाँ पुस्ताको निराशा सम्बोधन गर्न पार्टीले नयाँ ढंगले अघि बढ्नुपर्छ”
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले पार्टीले नयाँ पुस्ताको निराशा बुझ्न र नन–पोलिटिकल तथा प्रोफेसनल पात्रहरूलाई पार्टीमा आकर्षित गर्न गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा धारणा राख्दै चौधरीले भने, “हाम्रो पार्टी ल्याटरल इन्ट्रीको पक्षमा अत्यन्त कमजोर छ । नन–पोलिटिकल, प्रोफेसनल पात्रहरूलाई भित्र्याउने कुरामा कांग्रेस पछि परेको छ । म स्वयं केन्द्रीय सदस्य र निर्वाचित सांसदको नाताले मेरो भागको जिम्मेवारी लिन तयार छु, तर यो संस्थागत सुधारको विषय हो ।”

उनका अनुसार पटक–पटक सत्तामा पुगेको दलको रूपमा नेपाली कांग्रेसले युवाहरूमा फैलिएको निराशालाई बुझ्न सकेन । ‘विदेशमा रहेका नेपाली युवाहरू आज देश फर्केर हेर्न पनि नचाहने अवस्थामा छन् । नेपालमै रहेका तिनै युवाका परिवार पनि हामीसँग असन्तुष्ट छन्,’ उनले भने, “आज गाउँ–गाउँमा युवाहरूको फोनको भरमा भोट खस्छ, हामीले गरेको भाषणका कारण होइन भन्ने बुझ्नुपर्छ ।’

चौधरीले नयाँ पुस्ता र जेन–जेडको निराशा कांग्रेसको मुख्य प्रतिस्पर्धा भएको उल्लेख गर्दै भने, ‘अब हाम्रो प्रतिस्पर्धा कुनै दलसँग होइन, त्यो निराश मानसिकतालाई आशाको किरण दिने पुस्तासँग हो ।’

‘जेनजी आन्दोलन’का घटनालाई स्मरण गर्दै उनले भने, “म पनि त्यसबाट पीडित भएकै व्यक्ति हुँ, तर त्यस आन्दोलनका पछाडि गुण्डागर्दी र केही दलहरूको प्रवेश पनि देखिन्छ । तथापि, त्यसले युवाहरूमा राजनीतिक बेग देखाएको छ, जसलाई हामीले सही दिशामा  दिन सक्नुपर्छ ।”

चौधरीले केन्द्रीय समितिको बहसले टिकट कसले बाँड्ने भन्ने विवाद होइन, आगामी रणनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिए । “हामी यस्तो मानसिकतासँग चुनाव लड्न गइरहेका छौँ जसले तीनवटै दललाई रिजेक्ट गरिरहेको छ,” उनले भने, “सोसल मिडियामा विगत ३५ वर्षका सरकारहरूका कारण पुराना पार्टीहरूले देशको भलो गर्न सकेनन् भन्ने धारणा बलियो बन्दै गएको छ । यो धारणा भत्काउने काम कांग्रेसले गर्नुपर्छ ।”

उनले भने, “ल्याटरल इन्ट्रीमा अन्य दलहरूले सफल र आशालाग्दा अनुहारहरू भित्र्याइरहेका छन् । हामी भने सदस्यताको १० वर्षे पर्खाल लगाएर उनीहरूलाई छेकिरहेका छौँ । अब यो पर्खाल तोडेर नयाँ ऊर्जा स्वागत गर्नुपर्छ ।”

चौधरीले स्पष्ट चेतावनी दिँदै भने, “यदि नयाँ पुस्तालाई नजरअन्दाज गरियो भने, जुनसुकै पक्षले जितेपनि पार्टीले भने हार्नेछ ।” उनका अनुसार कांग्रेसले नयाँ सोच, नयाँ कार्यशैली र नयाँ पुस्ताको भावनालाई आत्मसात नगरेसम्म सुधार सम्भव छैन । “कांग्रेस अब रूपान्तरणको बाटोमा उभिनुपर्छ, जसले देशको विकासमा योगदान गर्न सक्ने सबैको लागि ढोका खोलोस् । राजनीतिलाई पेशा बनाउने संस्कारबाट बाहिर निस्कनुपर्छ,” उनले जोड दिए ।

आफ्नो सन्दर्भमा उनले भने, “पार्टी सभापतिज्यूले मलाई आमन्त्रण गर्नुभयो — आउनुस्, देशको आर्थिक विकासमा भूमिका खेल्नुस् । २०७४ सालको आम निर्वाचनमा मैले ४० वटा सभाहरूलाई सम्बोधन गर्ने अवसर पाएँ, तर कांग्रेसको पक्षमा परिणाम राम्रो आएन । अहिले पनि यदि हामीले नयाँ ढंगले आफूलाई प्रस्तुत गर्न सकेनौँ भने, फेरी उही नियती भोग्नुपर्नेछ ।”

अन्त्यमा उनले भने, “केन्द्रीय समितिको मुख्य छलफल यही हुनुपर्छ  हामीले नयाँ पुस्तालाई कसरी सम्बोधन गर्ने, नयाँ ऊर्जा कसरी भित्र्याउने र नयाँ ढंगले पार्टीलाई अघि बढाउने ? यदि हामी ढिलाइ गर्दै गयौँ भने अरू दलहरू धेरै अगाडि पुगिसकेका छन् ।”

“नयाँ पुस्ताको जोश र जाँगरलाई कांग्रेसले समेट्न सकेन भने, पार्टीले जितेपनि विचारले हार्नेछ,” चौधरीको निष्कर्ष थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit