काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले घिमिरेलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनलाई सोमबार सञ्चार मन्त्रालयले नियुक्तिपत्र दिएको स्रोतले जनाएको छ। यद्यपि, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले नियुक्तिको उक्त निर्णयबारे औपचारिक जानकारी दिएका थिएनन्।
सरकारले अध्यादेशमार्फत तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीलाई पदमुक्त गरेको थियो। त्यसपछि घिमिरेले प्राधिकरणमा निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै उनी अब पूर्णकालीन अध्यक्षका रूपमा नियुक्त भएका हुन्।
मन्त्रालयमा घिमिरेको शपथ ग्रहणको तयारी भइरहेको बुझिएको छ।















प्रतिक्रिया दिनुहोस्