Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा प्रहरी कार्यालयलाई सहयोग

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा प्रहरी कार्यालयलाई सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकलाई आवश्यक सामग्री प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

गत भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोडपछि इलाका प्रहरी कार्यालयमा भौतिक नोक्सानी भएको थियो । दमकलाई आवश्यक सामग्री सहयोगस्वरूप टेबल र कुर्सी हस्तान्तरण गरेको छ ।

बुधबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यालयलाई आवश्यक सामग्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ र दमक शाखा प्रमुख सुमन दुलालले संयुक्त रूपमा इप्रका दमकका प्रहरी नायब उपरीक्षक किशोर लम्साल र इलाका पुनर्निर्माण समितिका संयोजक एवं उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंलाई हस्तान्तरण गरेका हुन् ।

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र विर्तामोड शाखाका शाखा प्रमुख सुशील थापाले झापाको विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान कम्प्युटर प्रदान गरेका छन् ।

उक्त सहयोगले प्रहरी सेवाको सहजता र कार्यक्षमता अभिवृद्धिमा टेवा पुर्‍याउने कम्पनीको विश्वास छ । साथै, कम्पनीले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit