Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

इको प्यानललाई ट्रेडमार्क प्रयोग रोक्न निर्देशन, कम्पनीलाई एकल हक पुष्टि

इको प्यानललाई ट्रेडमार्क प्रयोग रोक्न निर्देशन, कम्पनीलाई एकल हक पुष्टि
विज्ञापन
Advertisement

काठमाडाैं । यस इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको एकाधिकारमा रहेको इको प्यानललाई ट्रेडमार्कसम्बन्धी दीर्घकालीन विवादमा उद्योग विभागले कम्पनीको दाबीलाई मान्यता दिँदै महत्वपूर्ण निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले विपक्षी इको प्यानल नेपाल प्रा.लि. विरुद्ध दायर उजुरीका आधारमा उद्योग विभागले पहिलोपटक मिति २०७९ साउन ११ तथा दोस्रोपटक मिति २०८० कात्तिक २० मा सो ट्रेडमार्क प्रयोग नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो।

सोही प्रकरणमा उद्योग विभागले मिति २०८२ असार ३० मा इको प्यानल ट्रेडमार्क कम्पनीको एकल स्वामित्व र हकभोगमा रहने गरी अन्तिम निर्णय सुनाएको छ।

अन्तरकालीन आदेशको कार्यान्वयनका लागि विभागले मिति २०८२ असोज ३१ मा जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल प्रहरी साइबर ब्युरो काठमाडौं र विपक्षी इको प्यानल नेपाल प्रालिलाई पत्राचार गरेको छ।

यसर्थ, विभागको आदेश र निर्णयको पूर्ण पालन गर्दै कम्पनीको स्वामित्वमा रहेको सो ट्रेडमार्कको नक्कल, दुरुपयोग वा कुनै पनि प्रकारको उत्पादन, प्रचार–प्रसार, बिक्री तथा वितरण गतिविधि नगर्न–नगराउन सम्बन्धित सबै पक्षलाई सार्वजनिक रूपमा सूचित गरिन्छ।

प्रचलित कानुन विपरीत यस ट्रेडमार्कको अनधिकृत प्रयोग वा दुरुपयोग गर्ने र गराउने कुनै पनि पक्षविरुद्ध कम्पनीले अविलम्ब कानुनी कारबाही अघि बढाउने व्यहोरा समेत स्पष्ट पारिन्छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit