Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

लाभांश प्रस्ताव भुलवस छुट्यो : निफ्रा

लाभांश प्रस्ताव भुलवस छुट्यो : निफ्रा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश गायब भएको विषयमा भुलसुधार गरेको छ। यसअघि बैंकले साधारण सभामा लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको थियो । बैंकले ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव छुटेको भन्दै आज भुलसुधार गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतले लाभांश दिने उल्लेख थियो । बैंकले कुल १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो। तर, बैंकले प्रकाशित गरेको साधारण सभा सम्बन्धी सूचनामा भने उक्त लाभांश प्रस्ताव राखिएको थिएन।

बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले सातौं वार्षिक साधारण सभा मंसिर २३ गते बिहान ९ बजेलाई काठमाडौंमा बोलाएको छ। बैंकले यसअघि भएको भुलसुधार गर्दै सातौं वार्षिक साधारण सभा प्रस्तावको बुँदा नं.४ मा भुलवस छुटेको जनाएको छ ।

यस्तै, बैंकको २३ गते बस्ने सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्नुका साथै पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साथै, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक नियुक्त गर्न सभामा निर्वाचन गर्ने एजेण्डा छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit