Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डिसहोम गोद्वारा एनपिएल २०२५ को विश्वव्यापी प्रत्यक्ष प्रसारण, दुई लाख कन्क्युरेन्ट दर्शकसहित ऐतिहासिक उपलब्धि

डिसहोम गोद्वारा एनपिएल २०२५ को विश्वव्यापी प्रत्यक्ष प्रसारण, दुई लाख कन्क्युरेन्ट दर्शकसहित ऐतिहासिक उपलब्धि
विज्ञापन
Advertisement

काठमाडाैं । डिसहोम गो ले नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ लाई विश्वभर (भारत बाहेक) प्रत्यक्ष प्रसारण गर्दै नेपाली खेल प्रसारण क्षेत्रमा ऐतिहासिक उपलब्धि स्थापित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

एनपिएल २०२५ को आधिकारिक स्ट्रिमिङ साझेदार डिसहोम गो एप ले उद्घाटन खेल—जनकपुर बोल्ट्स र काठमाडौं गोर्खा—दुई लाखभन्दा बढी ‘कन्क्युरेन्ट भ्युवर्स’ सहित सफलतापूर्वक प्रसारण गर्‍यो। ‘कन्क्युरेन्ट भ्युवर्स’ को यो संख्या मोबाइल–आधारित नेपाली प्लेटफर्मका लागि नयाँ कीर्तिमान मानिएको छ।

उद्घाटन खेलका क्रममा केही प्रयोगकर्ताले प्रत्यक्ष प्रसारण हेर्न समस्या अनुभव गरे पनि यो समस्या केवल डिसहोम गो एपमा मात्र सीमित नभई, सिजन पास सदस्यता प्रणालीमा संलग्न विभिन्न प्रक्रियागत जटिलता कारण उत्पन्न भएको कम्पनीले स्पष्ट गरेको छ। विशेषगरी, आइओएस् प्रयोगकर्ताहरूले सिजन पास खरीदमा समस्या खेप्नुपरेको थियो, भने एन्ड्रोइड प्रयोगकर्ताहरूले सहजै सदस्यता लिएर प्रसारण हेर्न सकेका थिए।
डिसहोम गो का इञ्जिनियर तथा अन्तर्राष्ट्रिय प्राविधिक साझेदारको टोलीले लगातार समाधानमा काम गरेपछि पहिलो दिनकै अन्त्यतिर धेरै समस्या समाधान भएका थिए। दोस्रो दिनदेखि भने आइओएस् प्रयोगकर्ताहरू पनि सहज रूपमा सिजन पास लिएर खेल हेर्न सक्षम बने।

दोस्रो र तेस्रो दिनका खेलमा लगभग सबै प्राविधिक चुनौतीहरू समाधान भइसकेपछि हजारौं प्रयोगकर्ताका अनुरोधहरू प्रणालीमार्फत एकैपटक सक्रिय गरियो। साथै, दोहोरिएको भुक्तानी गर्ने ग्राहकहरूको रकम फिर्ता प्रक्रिया पनि सुरु भएको कम्पनीले जनाएको छ।

प्रयोगकर्ताको सहजता बढाउन, बुधबारदेखि खल्ती तथा इसेवा मार्फत पनि एनपिएल सिजन पास का भौचर किन्न सकिने व्यवस्था गरिएको छ। यी भौचर नेपालभित्र मात्रै प्रयोग गर्न मिल्नेछन्। आवश्यक परे प्रत्येक व्यक्तिले धेरै भौचर खरीद गर्न सक्ने भएकाले परिवार वा साथीभाइले एक–आपसमा सहयोग गरी मोबाइलबाटै एनपिएल हेर्न सक्ने सुविधा उपलब्ध भएको छ।

यस सफलतासँगै डिसहोम गो नेपालको इतिहासमा पहिलोपटक मोबाइल एपमार्फत पूर्ण रूपमा प्रत्यक्ष खेल प्रसारण गर्न सफल घरेलु कम्पनी बनेको छ। कम्पनीले अब राष्ट्रिय सीमाभन्दा बाहिर पनि आफ्नो उपस्थिति विस्तार गर्दै विश्वस्तरीय स्ट्रिमिङ प्लेटफर्मको रूपमा अघि बढ्ने लक्ष्य राखेको छ।
डिसहोम गो का आधिकारिक प्रवक्ताले भने, ‘हामीले पहिलो दिन सामना गरेका चुनौतीहरू हाम्रो मात्र नभई विभिन्न प्रक्रियागत कारणले उत्पन्न भएका थिए। त्यसैले सबै प्रयोगकर्तालाई सहजता प्रदान गर्न उद्घाटन खेल निशुल्क उपलब्ध गराइएपछि करिब २ लाख दर्शकले प्रत्यक्ष हेर्नुभयो। दोस्रो र तेस्रो दिनदेखि सबै प्रयोगकर्ताले सहजै सदस्यता लिएर हेर्न सक्नु भयो। यो उपलब्धि हामी नेपाली प्रत्यक्ष प्रसारण क्षेत्रको ऐतिहासिक प्रगति मान्छौँ। दर्शक महानुभावहरूमा परेको असुविधाप्रति क्षमायाचना गर्दै दोहोरिएको भुक्तानी रकम फिर्ता गरिनेछ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit