Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

जाँदाजाँदै टंकलाल घिसिङको बाचा : खेलकुदको विकासमा रुपले उत्रने छु

जाँदाजाँदै टंकलाल घिसिङको बाचा : खेलकुदको विकासमा रुपले उत्रने छु
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले ठूलो संख्यामा रहेको राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिबद्धता पूरा गरेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनले शुक्रबार काठमाडौंमा आफ्नो बिदाइ कार्यक्रममा घिसिङले वर्तमानमा खेल संघहरूको संख्या घटाउने प्रतिबद्धता पूरा गरेको बताए । ‘२०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झार्छु भनेर प्रतिबद्धता गरेको थिएँ । आज ६३ को संख्यामा राष्ट्रिय खेल संघ रहेको छु,’ घिसिङले भने ।

घिसिङले नेपाली खेलकुद क्षेत्रको समयानुकुल पुनःसंरचना र विकासका हरेक बहसमा खरो रुपले उत्रने समेत बताए । चार वर्षमा खेल क्षेत्रको गहिराइमा पुगेर प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको भन्दै यस क्षेत्रको विकास र विवादहरुको निरुपणको विषयमा खरो रुपले उभिने बाचा गरे ।

उनले भने, ‘चार वर्षमा गहिराइमा पुगेको छु र प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको छु । नेपाली खेलकुदको समयानुकुलको पुनःसंरचना, नेपाली खेल क्षेत्रको प्राथमिकता र यसका विवादहरुको निरुपणको विषयमा साथै विकासका लागि चालिनुपर्ने सबै बहसका क्षेत्रहरुमा म खरो रुपले उत्रने छु । म यो प्रतिबद्धता उद्घोष गर्न पनि यहाँ उभिएको छु ।’

यस्तै, उनले खेलकुदमा नयाँ नयाँ खुड्किलाहरु, उचाईहरु हासिल गर्नका लागि सधैँ प्रयत्न गरेको पनि बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit