Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्य मान्दैन : गभर्नर पौडेल

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्य मान्दैन : गभर्नर पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले ‘कोल्याटर’ बेचेर फाइदा लिने कार्य भ्रष्टाचारकै भाग रहेकाले केन्द्रीय बैंकले त्यसलाई क्षम्य नमान्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामामा गभर्नर पौडेलले अर्काको धितो बेचेर आफूले फाइदा लिने कार्य ‘पार्ट अफ करप्सन’ रहेकाले यसलाई राष्ट्र बैंकले क्षम्य रुपमा नलिने बताएका हुन् ।

‘सरकारी बैंकहरुबाट यो मिलाइदिन्छु भनेर पैसा माग्यो भने सरकारले रिस्क लिन्छ। तर निजी बैंकहरुबाट त्यस्तो भएमा हामी गम्भीर रूपमा लिनेछौँ’, गभर्नर पौडेलले भने, ‘कुनै पनि व्यक्तिले जबरजस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो । यसलाई नेपाल राष्ट्र बैंकले क्षम्य रूपमा लिँदैन ।’

त्यस्तै, गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउनका लागि केन्द्रीय बैंकले विभिन्न नीति परिमार्जन गरेको बताए। उनले भने, ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाहरूको नाफा बढाउनका लागि सहज बनाएका छौँ । महानगरमा रहेका धेरै बैङ्कहरूका शाखा बन्द गर्ने बाटो खोलिदिएका छौँ ।’ बैंकहरुको हकमा लगानी गरेर डिजिटल कारोबारमा ध्यान दिँदै अर्थतन्त्रको गतिमा सहयोग पुगोस् र राम्रो नाफा आर्जन होस् भनेर नेपाल राष्ट्र बैंकले काम गरिरहेको गभर्नर पौडेलको भनाइ छ । यसका लागि नीति बनाउने पौडेलले जानकारी दिए ।

‘बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ध्यान दिइरहेका छौँ । तर, यसमा सहि के हो र गलत के हो भनेर पोलिसी तयार पार्छौँ । सबैको गुनासो हेरे हामी अगाडी बढ्ने गरेका छौँ’, गभर्नर पौडेलले भने । यस्तै उनले बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको पैसा लगानी गर्नका लागि नेपाल राष्ट्र बैंक केन्द्रित रहेको पनि उल्लेख गरे । ‘अर्थतन्त्रको मुभमेन्ट मास साइकोलोजीमा भर पर्छ। गएको १० वर्षमा धेरै परिवर्तन भएको छ। यो बिचमा हिमालयन जाभादेखि आइटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ। विभिन्न ठाउँमा सडक तथा पूर्वाधारमा राम्रो प्रगति भएको छ’, पौडेलले भने ।

अहिले आर्थिक नीतिहरु राम्रो र बलियो हुँदा हुँदै पनि लगानी गर्ने मनोबल कमजोर रहेको उल्लेख गर्दै गभर्नर पौडेलले राम्रो निर्यात सम्भावना राम्रो भएका वस्तुहरुमा आवश्यकता अनुसार केन्द्रित हुनुपर्नेमा जोड सदए । पौडेलले भने, ‘हामी आर्थिक नीतिहरूमा बलियो छौँ। तर, मनोबल कमजोर छ। कमजोर मनोबललाई उकास्न राम्रो विषयहरूको केन्द्रित रहनु पर्छ। जस्तै, निर्यातमा राम्रो गरिरहेका अलैँची जस्तालाई बढवा दिनुपर्छ । जे चाहिन्छ त्यसका लागि हामी राम्रा लाइनमा जान सकिन्छ ।’

देशमा केही नहुने भन्दै विदेश पलायन भएकाहरुलाई स्वदेश फर्काउनु पर्ने पौडेलको भनाइ थियो । उनले भने, ‘एक दशकभन्दा बढी यो देशमा केही हुँदैन भनेर छोराछोरी सबैलाई विदेश पठाइयो । उनीहरू सबैलाई फर्काएर ल्याउनु पर्छ । तर, उनीहरूलाई ल्याएर मन्त्री बनाउने र राजनीतिक रेसमा लैजान हुँदैन ।’ कुनै पनि कुरामा रातारात सफलता प्राप्त नहुने उल्लेख गर्दै देशमै मिहेनत गर्नुपर्ने र मिहेनत गर्नेहरु असफल नहुने उनको भनाइ छ । उनले भने, ‘म मीनबहादुर जीलाई हेर्छु। उहाँले दुई महिनामा गरेर देखाउँछु भन्नु भएको थियो । त्यस अनुसार उहाँले गरेर देखाउनु भयो ।’

कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको बताउँदै उनले भने, ‘हाम्रोमा धेरै कालोसूचीमा परेका छन् । निर्माण उद्योगहरूमा माइक्रोफाइनान्स जस्तो मोडल भइरहेको छ । एउटाले राम्रो गरेन भने सबैलाई राखेजस्तो भएको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit