Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै भिभो एक्स३०० प्रो

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै भिभो एक्स३०० प्रो
विज्ञापन
Advertisement

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो अब आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स ३०० प्रो नेपाली बजारमा ल्याउने तयारीमा छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै, नयाँ डिभाइस प्रतिको उत्सुकता देशभर तीव्र बन्दै गएको छ । जाईस् सँगको सहकार्यमा विकसित भिभो एक्स ३०० प्रोले नेक्स्ट–जेन इमेजिङ र नयाँ ओरिगिन ओएस् ६ सहित नेपाली बजारमा प्रवेश गर्ने लक्ष्य राखेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बजारमा आएको प्रारम्भिक जानकारी अनुसार भिभो एक्स ३०० प्रोमा भिभोको अहिलेसम्मकै सबल मोबाइल इमेजिङ प्रणाली समावेश गरिने अपेक्षा गरिएको छ । जीवन्त, प्राकृतिक र भावनात्मक क्षणहरू क्याप्चर गर्न चाहने प्रयोगकर्तालाई ध्यानमा राखेर भिभोले जाईस्सँगको सहकार्यमा टेलिफोटो स्पष्टता र लो–लाइट क्षमतामा उल्लेखनीय सुधार गर्ने अत्याधुनिक प्रविधिहरू समावेश गरेको छ । यसको मुख्य आकर्षण भनेकै २०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा हो, जसले सूक्ष्म विवरणलाई पनि अत्यन्तै उच्च प्रिसिजनसहित प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । यसलाई साथ दिने भिभोको जाईस् गिम्बल ग्रेड मेन क्यामेराले लो–लाइट तथा गतिशील दृश्यहरूलाई अझ स्थिर र प्राकृतिक रूपमा क्याप्चर गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

डिभाइसको इमेजिङ सेटअपमा थपिएको ५० मेगापिक्सेल जाईस् वाइड–एंगल फ्रन्ट क्यामराले सेल्फी तथा ग्रुप फोटो लाई अझ स्पष्ट, फराकिलो र प्रभावकारी बनाउनेछ । भिभो एक्स३०० प्रोले प्रो इमेजिङ चिप भियस् वन र संयुक्त रूपमा परिभाषित डाइमेन्सिटी ९५०० चिपसेटसहित परिचालन हुनेछ, जसमा समावेश भी थ्री प्लस इमेजिङ चिप र भिभोद्वारा विशेष रूपमा विकास गरिएको उच्च–दक्षता इमेजिङ एनपियुले प्रक्रियालाई झनै छिटो, सुगम र कुशल बनाउँछ ।

भियस् वनले प्रत्येक फ्रेमको प्रि–प्रोसेसिङ सम्हाल्नेछ भने भी थ्री प्लस चिपले पोस्ट–प्रोसेसिङलाई थप सुदृढ बनाउनेछ । इमेजिङ क्षमताभन्दा बाहिर, भिभो एक्स३०० प्रोले डिउराबिलीटी साईडमा पनि प्रिमियमनेसमा उत्तिकै ध्यान राखेको छ । प्रारम्भिक सूचनाअनुसार, डिभाइसमा आर्मोर गलासको प्रयोग गरिएको छ, जसले स्क्र्याच तथा ड्रपबाट उच्च सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ । लामो समयको प्रयोगलाई लक्षित गर्दै, भिभोले यसमा ६५१० ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्जको संयोजन राखेको छ, जसले द्रुत चार्जिङसँगै भरपर्दो पावर ब्याकअप सुनिश्चित गर्छ ।

भिभो एक्स३०० प्रो प्रति नेपाली बजारमा चासो बढ्दै गएको अवस्थामामा, कम्पनीले अत्याधुनिक हार्डवेयर, उन्नत सफ्टवेयर र शक्तिशाली चिपसेटको संयोजनमार्फत मोबाइल नवप्रवर्तनको नयाँ मापदण्ड स्थापित गर्ने तयारी गरिरहेको छ । छिट्टै सार्वजनिक हुन लागेको यो फ्ल्यागशिप डिभाइसले प्रयोगकर्ताहरूलाई आफ्ना विशेष क्षणहरू अझ स्पष्ट, यथार्थ र आत्मविश्वासका साथ क्याप्चर तथा साझेदारी गर्न सक्षम बनाउनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit