Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

महानगरद्वारा २.५२ अर्ब लागतमा सञ्चालित ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे

महानगरद्वारा २.५२ अर्ब लागतमा सञ्चालित ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौं महानगरपालिकाको गौरव योजनामा रहेका ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत अहिलेसम्ममा ५५ किलोमिटर सडक कालोपत्रे पूरा भएको छ । ३ वर्षको उक्त कार्यक्रमको लागि २ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने महानगरको यो वहुवर्षिय योजनाका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँले खर्च हुने अनुमान छ । वडाले गरेको मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन गरिने कार्यक्रममा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्नेलगायतका कार्य महानगरले गर्दै आएको छ । यसका लागि २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । काठमाडौंलाई ४ भागमा बाँडेर बनाइएको प्याकेजमा सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिस्पर्धामा छानिएका निर्माण कम्पनीहरुले कार्य गरिरहेको महानगरले जनाएको छ ।

यसमध्येको पूर्व क्षेत्रमा वडा नं.६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन् । यी वडामा काम गर्न करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियाबाट ७९ करोड ५७ लाख रुपैयाँमा ठेक्का लागेको छ । कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभीले पाएको छ। निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म रहेको महानगरले जनाएको छ ।

योजनाको पूर्वी क्षेत्रका फोकल पर्सन वरिष्ठ इञ्जिनियर सन्दिप ढकालका अनुसार अहिलेसम्म १८ किलोमिटर सडक कालोपत्रे र ३.५ किलोमिटर सडक ढलान गरिएको छ। यसअन्तर्गत वडा नम्बर ६ को सिमलटार, पाटीटार नयाँ बस्ती, तीनचुली आरुबारी हुँदै बौद्ध सम्मको भित्री सडक कालोपत्रे गरिएको छ। वडा नम्बर ९ को बत्तीस पुतली क्षेत्रका सडक, वडा नम्बर ३२ का महादेवस्थान कोटेश्वर, बालकुमारी पुलदेखि दोभान पुलसम्म करिडोर, पेप्सीकोला प्लानिङ्भित्रका सडकहरु कालोपत्रे गरिएका छन् । यस्तै सूर्यकोट र गैरी गाउँका विभिन्न भित्री सडक कालोपत्रे सम्पन्न भैसकेको छ ।

पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन्। यस क्षेत्रका लागि पीआर के एण्ड के जी एण्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ। यस क्षेत्रका लागि ७४ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। निर्माण पक्षलाई २०८४ वैशाख मसान्तसम्ममा काम सक्ने गरी ठेक्का दिइएको महानगरले जनाएको छ । कार्यक्रमको यस क्षेत्रका फोकल पर्सन वरिष्ठ इञ्जिनियर माधव काफ्लेका अनुसार ४ वटा प्याकेजमध्ये यो प्याकेजमा सबैभन्दा पछि सम्झौता भएकोले अहिलेसम्म डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ । करिब ८ किलोमिटर सडक सुधारको काम भइरहेको छ ।

यसमा लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको १ हजार १६० मिटर लामो सडकसहित बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे पकनाजोल, चाक्सीबारी देखि जेपी चोकसम्म, कुलेश्वर फलफुल बजार, बालाजु हाइटको गणेश मन्दिर देखि नागार्जुन पर्खालसम्म, शितला मार्गदेखि पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ ।

उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन्। यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभिले कामको जिम्मा पाएको छ। निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म रहेको छ । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ ।

पूर्वी क्षेत्रमा २३ किलोमिटर सडक कालोपत्रे भएको छ । ३ किलोमिटर सडक ढलान भएको छ । यसअन्तर्गत वडा नम्बर १ को दरबारमार्ग, नक्साल नागपोखरी, हात्तीसार र कमलादी क्षेत्र, वडा नम्बर ३ को बाँसबारी र महाराजगञ्ज क्षेका भित्री सडक, वडा नम्बर ४ को बालुवाटार, चुनदेवी, विशालनगरका भित्री सडकहरु, धुम्बाराही र सुकेधाराका भित्री सडकहरु कालोपत्रे भइसकेको छ । वडा नम्बर २६ को मित्रनगरका भित्री सडकहरु, म्हेपी क्षेत्रका सडकहरु, वडा नम्बर २८ को अद्वैत मार्ग र बज्रवीर मार्ग, वडा नम्बर २९ को घट्टेकुलो मार्ग, वडा नम्बर ३० को सहिद मार्ग, राधे मार्ग, देवी मार्ग, गुर्जु मार्ग, धोवीधारा मार्गमा कालो पत्रे भएको छ ।

मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं.११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन्। यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल–युएसजी–आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ। निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म रहेको छ । यस क्षेत्रमा ४.५ किलोमिटर सडक कालोपत्रे भएको छ। यस क्षेत्रबका फोकल पर्सन इञ्जिनियर समीर अधिकारीका अनुसार १.२ किलोमिटर सडक ढलान र १.५ किलोमिटर सडक ढुङ्गा छाप्ने कार्य सम्पन्न भएको छ । मध्य क्षेत्रको वडा नम्बर ११ को सूर्य मार्ग, समिति मार्ग, कारागार मार्ग र कुमारी समिति मार्ग, वडा नम्बर १२, १७, १८, १९ र २० छुने विष्णुमती करिडोर, वडा नम्बर १२ को पचली भैरव सडक र पचली भैरव परिसर, वडा नम्बर १७ को इखापोखरी क्षेत्रपाटी सडक, क्षेत्रपाटी ढल्कु सडक, वडा नम्बर २७ को ज्याठा मार्गमा कालोपत्रे गरिएको छ ।

वडा नम्बर ११ भोटेवहाल पीपलबोट सडक, वडा नम्बर १२ मा पर्ने टेकु ट्रान्सफर स्टेशन र दुवै वडा छुने वंशीघाट मार्गमा ढलान गरिएको छ । यसपछि वडा नम्बर ११ मा नदी करिडोरमा कालोपत्रे गर्ने कार्य, वडा नम्बर २१ मा ढल तथा सडक निर्माण, २३ र २७ मा ढुङ्गा छाप्ने कार्यको थालनी गरिने महानगरले जानकारी दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit