काठमाडौं । चर्चित स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ ‘ट्राभल पोट्र्रेट फ्ल्यागशिप’ स्मार्टफोन भिभो नेपाली बजारमा सार्वजनिक गरेको छ।
विशेषगरी यात्रा र फोटोग्राफीमा रुचि राख्ने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै कम्पनीले यसलाई ‘अल्टिमेट ट्राभल कम्प्यानियन’ का रूपमा प्रस्तुत गरेको जनाएको छ ।
काठमाडौं । चर्चित स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ ‘ट्राभल पोट्र्रेट फ्ल्यागशिप’ स्मार्टफोन भिभो नेपाली बजारमा सार्वजनिक गरेको छ। विशेषगरी यात्रा र फोटोग्राफीमा रुचि राख्ने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै कम्पनीले यसलाई ‘अल्टिमेट ट्राभल कम्प्यानियन’ का रूपमा प्रस्तुत गरेको जनाएको छ ।
यस स्मार्टफोनको मुख्य विशेषता यसको २०० एमपी ओआईएस अल्ट्रा–क्लियर क्यामेरा हो।
अल्ट्रा–डिटेल ः यसले यात्राका दृश्य र ग्रुप फोटोहरूलाई सूक्ष्म डिटेलका साथ कैद गर्छ।
सेल्फी ः अगाडि ३२ एमपी एचडी सेल्फी क्यामेरा छ, जसले फराकिलो ‘फिल्ड अफ भ्यू’ प्रदान गर्छ।
४के भिडियो ः अगाडि र पछाडि दुवै क्यामेराबाट द्धप् क्तबदभि ख्ष्मभय रेकर्ड गर्न सकिन्छ, जुन भ्लगर्सका लागि निकै उपयोगी छ।
एआई इमेजिङ फिचरहरू
फोटोग्राफीलाई थप आकर्षक बनाउन यसमा नयाँ एआई प्रविधिहरू थपिएको कम्पनीले जनाएको छ ।एआई म्याजिक ल्याण्डस्केप ः यसमा रहेका ‘स्नो टाउन’ र ‘अरोरा इफेक्ट’ ले सामान्य दृश्यलाई सिनेम्याटिक बनाउँछन्।
एआई म्याजिक वेदरः मौसम र प्रकाश अनुसार फोटोलाई सोसल मिडियाका लागि उपयुक्त ‘रेडी–टु–पोस्ट’ फ्रेममा ढाल्छ।
डिभाइसलाई प्रिमियम लुक दिन भिभोले विशेष ध्यान दिँदै लुक, डिस्प्लेमा विशेष ध्यान दिएको जनाएको छ।
लुक ः क्यामेरा मोड्युलमा ‘डायनामिक रिङ’ डिजाइन छ। यो फोन ओसियन ब्लु र म्युज पर्पल गरी दुई आकर्षक रङमा उपलब्ध छ।
डिस्प्ले ः यसमा १.५के इन्फिनिटी एमोलेड डिस्प्ले रहेको छ।
स्लिम बडी ः ७.५९ एमएमको अल्ट्रा-थिन फ्ल्याट स्क्रिन र १.८६ एमएमको अत्यन्त पातलो बेजलले यसलाई आकर्षक बनाएको छ।
ब्याट्री र कार्यक्षमता
लामो समय यात्रा गर्नेहरूका लागि यो फोनमा दमदार पावर प्याक रहेकाले उपयुक्त हुने बताइएको छ।
ब्याट्री ः विशाल ७००० एमएएचको ब्लुभोल्ट ब्याट्री।
चार्जिङ ः ९० वाटको फ्ल्यासचार्ज प्रविधि, जसले गर्दा फोन छिटो चार्ज हुन्छ र प्रयोगकर्ताले चार्जको चिन्ता नगरी फोटोग्राफी र गेमिङको आनन्द लिन सक्छन्। कम्पनीका अनुसार दुई भेरियन्टमा उपलब्ध गराइएको ८ जीबी + २५६ जीबी फोनको मूल्य ६२, हजार ९९९ र १२ जीबी + २५६ जीबीमा ७२ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ।
यो स्मार्टफोन नेपालभरका भिभो रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्म मार्फत खरिदका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । भिभोे भी७० एफईलाई थप आकर्षक बनाउन भिभोले विशेष अफरहरू पनि ल्याएको छ । पहिलो १,००० ग्राहकले एङ्कर साउन्डकोर पी२०आई इयरबड्स निःशुल्क प्राप्त गर्नेछन् । त्यसैगरी, भिभोेले पहिलो २,००० ग्राहकहरूका लागि मात्र १९९ रुपैयाँमा भिभोे सिल्ड प्रोटेक्सन प्लान उपलब्ध गराएको छ जसमा ग्राहकले ६ महिनासम्म मान्य हुने एकपटकको स्क्रिन रिप्लेसमेन्ट र एकपटकको वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्नेछन् । ग्राहकहरूले भी७० एफईलाई १२ महिनाको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्नेछन् ।








कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्