Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा।लि।को संयुक्त आयोजनामा सम्पन्न ‘११औँ नेपाल उड इन्टरनेशनल एक्स्पो’ तथा ‘नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पो २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू समेटिएको यो बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी पुष ६ गते आइतबार सम्पन्न भएको हो। शुक्रबार उद्घाटन गरिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टलहरू राखिएका थिए।

प्रदर्शनीको उद्घाटन नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेशराज रेग्मी, नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।

विगत ११ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो प्रदर्शनी फर्निचर, प्लाइउड, काठ औजार, ल्यामिनेट तथा सम्बन्धित उद्योगहरूका कम्पनी, डिलर, सब–डिलर तथा विक्रेताहरूका लागि प्रविधि, उत्पादन र नवप्रवर्तनबारे जानकारी आदान–प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्दै आएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस एघारौँ संस्करणको उद्देश्य विश्वभर प्रयोगमा रहेका अत्याधुनिक प्रविधि र उत्पादनहरू नेपाली बजारमा भित्र्याउने तथा स्वदेशी उद्योगलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने रहेको छ। यसले साना तथा ठूला उद्योगलाई प्रयोगमा रहेका मेसिनरी उन्नयन गर्न र उत्पादन क्षमतामा सुधार ल्याउन सहयोग पुर्‍याएको छ।

प्रदर्शनी अवधिभर इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूद्वारा विभिन्न विषयमा दुई दिने सेमिनार तथा गोष्ठी कार्यक्रमसमेत आयोजना गरिएको थियो। प्रदर्शनीले नेपालको काठ, फर्निचर तथा इन्टेरियर क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन र विदेशमा सफलतापूर्वक प्रयोग भएका प्रविधिहरूलाई नेपाली बजारमा सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

घर तथा व्यवसायका लागि आवश्यक सामग्री अवलोकन, जानकारी लिन तथा खरिद गर्न इच्छुक सर्वसाधारणको उल्लेख्य उपस्थितिका कारण प्रदर्शनी स्थल तीनै दिन निकै चहलपहलयुक्त बनेको थियो। प्रदर्शनीमा सर्वसाधारणका साथै नेपालका अग्रणी आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको समेत बाक्लो सहभागिता रहेको थियो।

आयोजकहरूका अनुसार प्रदर्शनीले नेपालमा काष्ठ सामग्री, फर्निचर तथा इन्टेरियर–एक्स्टेरियर डिजाइन तथा मेसिनरी व्यवसायको माग र आपूर्तिबीचको अन्तर कम गर्न सहयोग पुर्‍याउँदै यस क्षेत्रको विकास र आधुनिकीकरणमा महत्वपूर्ण योगदान दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit