Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

२५० भन्दा बढी वृद्धवृद्धा र बालबालिकाका लागि नीलसागर सेवाश्रममा सुविसुको निःशुल्क वाई–फाई

२५० भन्दा बढी वृद्धवृद्धा र बालबालिकाका लागि नीलसागर सेवाश्रममा सुविसुको निःशुल्क वाई–फाई
विज्ञापन
Advertisement

काठमाडौं । नेपाललाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत जोड्दै आएको अग्रणी सेवा प्रदायक कम्पनी सुविसु लिमिटेड ले आफ्नो २५औँ वार्षिकोत्सव (सिल्भर जुबिली) को अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाई–फाई सेवा जडान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नीलसागर सेवाश्रम एक वृद्धाश्रम तथा अनाथाश्रम हो, जहाँ हाल २५० भन्दा बढी वृद्धवृद्धा तथा बालबालिकाले आश्रय पाएका छन्। तीमध्ये ८० भन्दा बढी बालबालिका र १५० भन्दा बढी वृद्ध बुबाआमाहरू माया, सहारा र आत्मीयताको प्रतीक्षामा यहाँ बस्दै आएका छन्।

सुविसुले प्रदान गरेको यो निःशुल्क वाई–फाई सेवा केवल इन्टरनेट पहुँचमा सीमित नभई उनीहरूलाई समाज र संसारसँग जोड्ने एक महत्वपूर्ण माध्यमका रूपमा लिइएको छ।

यस सेवाबाट सूचना, शिक्षा, मनोरञ्जन तथा आत्मीय सम्पर्कका अवसरहरू विस्तार भई उनीहरूको दैनिकी अझ सहज र समृद्ध हुने अपेक्षा गरिएको छ। सुविसुको सीएसआर यात्रा नीलसागर सेवाश्रममा मात्र सीमित छैन।

२५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले देशका विभिन्न स्थानमा सेवा तथा राहत वितरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै वर्ष सुविसुले वंशी राम जैसवाल अनाथ आश्रम (गरुडा) र अमृता अनाथ आश्रम (कलैया)मा राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो। उक्त कार्यक्रममार्फत गरुडाका २३ जना र कलैयाका १७ जना बालबालिकालाई सहयोग प्रदान गर्दै उनीहरूको अनुहारमा मुस्कान ल्याउने प्रयास गरिएको कम्पनीले जनाएको छ।

यसका साथै, सुविसुले धादिङ जिल्लाको बाह्र विद्यालयमा निःशुल्क इन्टरनेट जडान गरी शिक्षा र प्रविधिलाई जोड्ने पहलसमेत गरेको छ। कम्पनीका अनुसार इन्टरनेट केवल सेवा मात्र नभई अवसर पनि हो। यही मान्यताअनुसार डिजिटल पहुँचमार्फत समाजको समग्र विकासमा योगदान पुर्‍याउने दीर्घकालीन प्रतिबद्धता सुविसुले व्यक्त गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत -सीईओ विनय मोहन साउद ले भने, ‘सुविसुले आफ्नो २५ वर्षको यात्रामा प्रविधिको विस्तारसँगै समाजप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउँदै आएको छ। हाम्रो लक्ष्य मानिस र सम्बन्धलाई जोड्नु हो। यस्ता सीएसआर पहलहरू हाम्रो मूल मूल्य र प्रतिबद्धताको प्रतिबिम्ब हुन्।’

२५ वर्षदेखि इन्टरनेट र टेलिभिजन सेवामार्फत नेपाललाई जोड्दै आएको सुविसुले आगामी दिनहरूमा पनि डिजिटल पहुँच, शिक्षा र समावेशी विकासका लागि यस्ता सामाजिक पहलहरूलाई निरन्तरता दिने जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit