काठमाडाैं । साताको मंगलबार आइपुग्दा शेयर बजारमा विस्तारै लय उन्मुख देखिन थालेको छ । चुनावको माहोल विस्तारै बन्दै जाँदा शेयर बजार पनि लय उन्मुख देखिन थालेको हो । चुनावले लगानीकर्तालाई मनोबल उच्च बनाउँदा शेयर खरिविक्रि पनि बढ्न थालेको जसले कारोबार रकम बढ्न थालेको देखिन्छ । आजको कारोबार कात्तिक १६ गते यताकै ठुलो हो । यसभन्दा अघि सात अर्बमाथिको कारोबार हुन सकेको थिएन।
यो दिन १ करोड ४८ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार ६ अर्ब माथिको कारोबार भएको थियो । यो दिन एसवाई प्यानेल नेपाल, बुटवल पावर कम्पनी, शिवम् सिमेन्ट,बन्दिपुर केबलकार एण्ड टुरिजम,मन्जुश्री फाइनान्सको १९ करोड ८१ लाख रुपैयाँदेखि २४ करोड ८८ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
योदिन जीवन विकास लघुवित्त वित्तीय संस्था, श्रीस्टार हाइड्रो पावर कम्पनी, हिमालयन ऋणपत्रको शेयर मूल्य ७ प्रतिशतदेखि ९.९७ प्रतिशतसम्मले बढेको छ । बढेको बजारमा रुरु जलविद्युत कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी, बन्दीपुर केबलकार लिमिटेडके शेयर मूल्य ५ दशमलव ६१ प्रतिशतदेखि ८.४१ प्रतिशतसम्म पुगेकोछ ।
यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये होटल र पर्यटन समूह र उत्पादनमूलक समूहको घट्दा अन्य सबै समूहमा हरियाली बनेको छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्